मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

युरोकप फुटबलमा सट्टेबाजी गर्ने दुईजना पक्राउ

मङ्गलबार, ३२ जेठ २०७३, १४ : ३९
मङ्गलबार, ३२ जेठ २०७३
काठमाडौं– युरोकप फुटबलको जित–हारको अनुमानका आधारमा सट्टेबाजी गरी जुवा खेलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–२३ सुन्धारा स्थित आरवी कम्प्लेक्सको १३३ नम्बरको कोठामा संचालित पसलका संचालक अनामनगर बस्ने ३४ बर्षीय सागर खड्गी र ताहाचल बस्ने ३६ बर्षीय दिपक रत्न शाक्यलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत जनसेवाका डिएसपी विनोद घिमीरेले जानकारी दिए । युरोकप फुटवल खेलको मोवाइल तथा ल्यापटपबाट अनलाईन जुवा खेलाईरहेको भन्ने सुचनाको आधारमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको थियो ।   सोमबार पक्राउ परेका खड्गी र शाक्यको साथबाट नगद २ लाख ४५ हजार बरामद गरिएको प्रहरीले जनाएको छ । ‘छुट्टै मोबाइल नम्बर मार्फत कलेक्ट गरेर उनिहरुले युरोकपको सट्टेबाज गरेको देखिन्छ,’ डिएसपी घिमिरेले भने, ‘यी दुई जना कलेक्टर हुन्, त्यस्ता कलेक्टर अरु पनि रहेको सूचना आएको छ, हामी अनुसन्धान गरिरहेका छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप