मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

रक्सीले मातेर ट्याक्सी चालक लुट्न खोज्दा प्रहरी खोरमा

मङ्गलबार, ३२ जेठ २०७३, १५ : ०२
मङ्गलबार, ३२ जेठ २०७३
ललितपुर– ट्याक्सी चालकलाई लुटपाट गर्न खोज्ने सिन्धुपाल्चोक थुमपाखर–१ घर भई सातदोवाटो बस्ने ३५ बर्षीय मेमर तामाङ र ३३ बर्षीय राजकुमार लामालाई प्रहरीले पक्राउ गरेको छ । कोटेश्वरबाट बा.१ ज ६९२८ नम्बरको ट्याक्सीमा आएका उनीहरुले सोमबार राति ग्वार्को स्थित विएण्डवि अस्पताल नजिक झर्ने क्रममा ट्याक्सी चालक माथी लुटपाट गर्न खोजेका थिए । रक्सीले मातेका दुवैजनालाई नियन्त्रणमा लिन खोज्दा उनिहरुले प्रहरीमाथी समेत हातपात गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता ईश्वर कार्किले जानकारी दिए । ‘दुई जना प्रहरी जवान सामन्य घाईते भएका छन्’ डिएसपी कार्किले भने, ‘घटनाबारे हामी अनुसन्धान गरिरहेका छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप