मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

प्रेमिकालाई मनपर्दैन सलमान र डेजको मित्रता

मङ्गलबार, ३२ जेठ २०७३, १५ : ०६
मङ्गलबार, ३२ जेठ २०७३

मुम्बई – सलमान खानकी प्रेमिका लुलिया वंतुरलाई सलमान र डेजी शाहको मित्रता मन नपर्ने भारतीय मिडियाले जनाएको छ । लुलियाले यसबारेमा सलमानको परिवारलाई पनि बताएको रिपोर्टमा उल्लेख छ ।

रिपोर्टका अनुसार सलमानको परिवारले बहिनी अर्पिता र सलमानलाई डेजीसँग टाढै बस्न सल्लाह दिएका छन् । जब यो कुरा डेजीले थाहा पाइन्, उनी चकित बनिन् ।

डेजीले भनिन्, ‘म लुलिया होइन, सलमानको साथी हुँ । लुलियाले मेरो बारेमा के सोच्छिन्, त्यो कुराले मलाई कुनै फरक पर्दैन ।

सलमान र लुलियाको विवाहको बारेमा डेजीलाई सोध्दा उनले भनिन्, ‘यो कुरा मलाईभन्दा सलमानलाई राम्रो थाहा होला । दुवैबीच के चल्दैछ मलाई के थाहा । सलमान मेरो राम्रो साथी भए पनि व्यक्तिगत जीवनबारे हामीबीच कुरा हुँदैन ।’ बलिउड अभिनेत्री डेजी शाह यसअघि सलमानको घर आउनेजाने गर्थिन् ।

दुवैले चलचित्र जय होमा सँगै काम गरेका थिए । गत मार्चमा सलमानले डेजीलाई कार गिफ्ट गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप