मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

२६ विकास आयोजना : २ खर्व वैदेशिक सहायता प्रतिवद्धता

मङ्गलबार, ३२ जेठ २०७३, १५ : १८
मङ्गलबार, ३२ जेठ २०७३

काठमाडौं–सरकारलाई विभिन्न २६ वटा विकास आयोजना कार्यान्वयनका लागि करिव २ खर्व रुपैयाँ वैदेशिक सहायताको प्रतिवद्धता आएको छ । चालु आर्थिक बर्षको दश महिना अवधीमा त्यस्ता ठूला आयोजना कार्यान्वयन गर्न विभिन्न राष्ट्रले वैदेशिक सहायताको प्रतिवद्धता जनाएका हुन् । अर्थ मन्त्रालयका अनुसार चालु आवको वैशाख महिना सम्म विश्व बैंक, एडीबी लगायतका विभिन्न दातृ निकायवाट एक खर्व ८४ अर्व ६६ लाख ९० हजार रुपैयाँ सहायता प्रतिवद्धता आएको हो । यसमध्ये करिव ३७ प्रतिशत अनुदान र ६३ प्रतिशत सहुलिय ऋण सहायता रहेको जनाए । वैदेशिक सहायताका रुपमा प्राप्त भएको अनुदान रकम ६७ अर्व ६१ करोड १६ लाख ९० हजार र एक खर्व १६ अर्व ३९ करोड ५० लाख सहुलियत ऋण रहेकाने अर्थ मन्त्रालयले जनाएको छ । अघिल्लो आवको तुलनामा विदेशी सहायता प्रतिवद्धता समेत कम भएको जनाइएको छ । गत आवको सोही अवधमिा २८ आयोजनाका लागि २ खर्व २१ अर्व ५८ करोड २८ लाख रुपैयाँ वैदेशिक सहायता प्रतिवद्धता आएको थियो । अर्थमन्त्रालयका प्रवक्ता मुकुन्द प्रसाद पौडेलका अनुसार विभिन्न दातृ निकायले गरेको आर्थिक प्रतिवद्धता प्राप्त भएको तर गत आवको तुलनामा भने केही कम रहेको छ । यस्तै, चालु आवमा भूकम्पपछिको पुर्न निमार्णका लागि विदेशी दातृ निकायले घोषणा गरेको मध्ये एक खर्व ४३ अर्व ८२ करोड ७४ लाख रुपैयाँ आर्थिक सहायता प्रतिवद्धता प्राप्त भएको अर्थमन्त्रालयले जनाएको छ । यसमध्ये ८० अर्व २३ करोड ३६ लाख रुपैयाँ सहुलियत दरको ऋण रहेको छ भने ६३ अर्व ५९ करोड ३८ लाख रुपैयाँ अनुदान सहायता रहेको छ । गत बर्ष नेपालमा गएको विनाशकारी भूकम्पपछि पुर्न निमार्णका लागि विभिन्न दातृ निकायले सरकारलाई आर्थिक सहयोग गर्ने जनाएका थिए । कतिपय राष्ट्रले पुर्न निमार्णको काम सुस्त भएको भन्दै कामले तिव्रता पाएपछि मात्र सहायता उपलव्ध गराउने शंकेत समेत गरेको वुझिएको छ । राष्ट्रिय पुर्न निमार्ण प्राधिकरण वनेपछि पुर्ननिमार्णको कामले गति लिने भएकाले सहायता रकम क्रमश प्राप्त हुदै गएको मन्त्रालयले जनाएको छ । सरकारले भूकम्पपछिको पुर्ननिमार्णमा ८ खर्व १३ अर्व रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप