मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सबैको सामू सेक्स सिन दिन भनेपछि चित्रांगदाले सुटिङ छाडिन्

मङ्गलबार, ३२ जेठ २०७३, १५ : ३१
मङ्गलबार, ३२ जेठ २०७३

मुम्बई – बलिउड अभिनेत्री चित्रांगदा सिंह पछिल्लो समय निर्देशक कुशान नन्दीको चलचित्र 'बाबुमोशाय बन्दुकबाज'को सुटिङमा व्यस्त छिन् । तर, पछिल्लो रिपोर्टका अनुसार चित्रांगदाले उक्त चलचित्र छाडेकी छिन् र मुम्बई फर्केकी छिन् ।

चलचित्रका निर्देशकले चलचित्रका नायक नवाजुद्दिन सिद्धकीसँग सेक्स सिन दिन माग गरेपछि चित्रांगदाले चलिचित्र छाडेकी हुन् ।

रिपोर्टका अनुसार चलचित्रको एक सिनमा नवाज चित्रांगदालाई बेडमा तानेर ल्याउँछन् । तर, पहिलो टेक निर्देशकलाई चित्त नबुझेपछि उनले चित्रांगदालाई नवाजको माथि आउन निर्देशन दिन्छन् र पुनः रिटेक गर्न लगाउँछन् । तर, सबैको सामु यस्तो सिन दिन भनेपछि चित्रांगदा यसबाट रिसाइन् र रुँदै सेट छाडिन् ।

हिन्दुस्तान टाइम्सले छापेको चित्रांगदाको अन्तरवार्तामा उनले भनेकी छिन्, ‘सट सकेपछि कुशानले मलाई सट मन परेन भने । र मलाई नवाजको माथि जान भने । तर, म त्यतिबेला मैले पेटिकोटमात्र लाएको थिएँ । मैले अप्ठ्यारो लागेर भने । तर, उनले सुनेनन् र हामीबीच भनाभन पनि भयो । एउटा कुरा पटक–पटक गर्न त गाह्रो हुन्छ । यो कुरामा नवाजले पनि चित्त बुझाएका थिएनन् ।’

उनले यो चलचित्र आफ्नो लागि सबैभन्दा नराम्रो अनुभव भएको बताइन् ।

उता, निर्देशक कुशानले भने चित्रागंदाले आफूबिरुद्ध गलत प्रचार गरिरहेको आरोप लगाएका छन् ।

पहिलेनै आर्थिक संकट खेपिरहेको यो चलचित्र थप समस्यामा परेको छ ।

सन् २००३ मा हजारो ख्वाहिसे एसीबाट बलिवुडमा डेब्यु गरेकी चित्रांगदाले अहिलेसम्म १० वटा चलचित्र खेलेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप