मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सेयर बजार : २ अर्व १९ करोड ७८ लाख कारोवार

मङ्गलबार, ३२ जेठ २०७३, १५ : ५५
मङ्गलबार, ३२ जेठ २०७३

काठमाडौं–सेयर बजारमा मंगलवार २ अर्व १९ करोड ७८ लाख ५९ हजार ८ सय ५९ रुपैयाँको कारोवार भएको छ । आज बैंक र अन्य समूहको वाहेक सवैको सेयर कारोवार बढेको छ । आज १ सय ३४ कम्पनीको ३७ लाख ५१ हजार ६ सय ३५ कित्ता सेयर खरिद विक्रि भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । मंगलवार समग्र सेयर वजारमा ४.५६ अंकको वृद्धि देखिएको छ भने नेप्से इन्डेक्स १६१४.१५ अंकमा पुगेर अडिएको छ । आज दिनभर होटल समूहको परिसूचक ५९.१८, जलविद्युत समूहको ५६.३७, बीमा समूहको ११२.५३, उत्पादनमुलक समूहको सूचक ४२.३१ अंकले बढेको छ । आइतवार र सोमवार बीमा समूहको सूचक घटेको थियो । यस्तै, विकास बैंक समूहको सूचक १४.४६, फाइनान्स कम्पनीको ३ अंकले वृद्धि देखिएपनि बैंकिङ समूहको सूचक ६.२२ र हन्य समूहको ३.५२ अंकले घटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप