मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

परीक्षाफल प्रकाशित

मङ्गलबार, ३२ जेठ २०७३, १५ : ५९
मङ्गलबार, ३२ जेठ २०७३

काठमाडौँ- त्रिवि, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ असोज तथा मङ्सिर÷पुस महिनामा सञ्चालित व्यवस्थापन सङ्कायतर्फ चारवर्षीय स्नातक तह (बिबिएस) प्रथम वर्ष २०७२ को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ । त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० अनुसार परीक्षाको मर्यादा विपरीत काम गर्ने परीक्षा क्रमाङ्क, ७०१५०४०८, ७०१९०२५९, ७०३९०२८०, ७२६२००४३, ७२७८०२७७, ७३९६००९५, ७७५४००७३ र ७०८४६०००९ का परीक्षार्थीलाई २०७३ सालसम्म दुई वर्षका लागि त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्काशन गरिएको कार्यालयले जनाएको छ । उक्त परीक्षाको परीक्षाफल वेबसाइट www.educationsansar.com, www.educationkhabar.com, www.edusanjal.com, www.tu.ntc.net.np मा हेर्न सकिने छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप