मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

साहसिक पर्यटन गाइड तालिम सुरु

मङ्गलबार, ३२ जेठ २०७३, १७ : १५
मङ्गलबार, ३२ जेठ २०७३

काठमाडौं–सामाथ्र्य, ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) र एड्भेन्चर ट्राभल ट्रेड एसोसियसन (आट्टा) अमेरिकाको संयुक्त आयोजनामा साहसिक पर्यटन गाइड तालिम सुरु भएको छ । टानको कार्यालय मालिगाउँमा शुरु भएको तालिम ८ दिन सम्म चल्ने छ । नेपाललाई साहसिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्न दक्ष जनशक्तिको आवश्यकता महशुस गरी तालिम सञ्चालन गरेको टानका महासचिव कर्ण लामाले बताए । नेपालमा साहसिक पर्यटनको प्रचुर सम्भावना रहेको उनको भनाई छ । साहसिक पर्यटन, सुरक्षा र जोखिम, समुह व्यवस्थापन, प्राकृतिक, ऐतिहासिक सम्पदाको व्याख्या शैली, दिगो पर्यटन व्यवस्थापन, आकस्मिक प्राथमिक उपचार विषयमा विज्ञ विदेशी प्रशिक्षकहरुबाट तालिम प्रदान गरिने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप