मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बीजी मलमा मोबाइल एक्स्पो हुँदै

मङ्गलबार, ३२ जेठ २०७३, १७ : १६
मङ्गलबार, ३२ जेठ २०७३

काठमाडौ– काठमाडौंको नयाँ बसपार्कमा अत्याधाुनिक शैलीको बीजी मलले मोवाइल ग्राहकलाई लक्षित गर्दै मोबाइल एक्स्पो सञ्चालन गर्ने भएको छ । ‘हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार’ योजना सहित बीजी मलले असार १ गतेदेखि ११ गतेसम्म मोबाइल एक्स्पो सञ्चालन गर्न लागेको हो । एक्स्पो अवधिमा ग्राहकले बीजीमलका सबै फेन्सी पसलबाट सामान खरिद गर्दा २० प्रतिशत छुट पाउने जनाइएको छ । उक्त अवधिमा मलमा आउने ग्राहकमध्ये २ जनाले दैनिक रुपमा लक्की ड्रमार्फत स्मार्ट फोन पाउने छन् । त्यसै गरि १० हजार रुपैंयाँ भन्दा बढीको सामान खरिद गर्ने ग्राहले अनिवार्य रुपमा आकर्षक उपहार पाउने जनाइएको छ । एक्स्पो अवधिमा मोबाइल खरिद गर्ने ग्राहक मध्ये २ जनाले नगद फिर्ता पाउने जनाइएको छ । सबै ब्राण्डका मोबाइल एकै छानामुनी किन्न सकिने आधिकारिक शोरुमहरु रहने एक्स्पोमा १ हजार देखि ९९ हजार रुपैंयाँसम्मका मोबाइल सेटहरु राखिने छन् । एक्स्पो अवधिमा मोबाइल खरिद गर्ने मध्ये १ जोडीले २ रात ३ दिनको पोखरा ट्रिपको मज्जा लिन पाउने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप