मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बजारमा म्याद सकिएका खाद्य वस्तुको बिगबिगी

मङ्गलबार, ३२ जेठ २०७३, १७ : २१
मङ्गलबार, ३२ जेठ २०७३

भक्तपुर – कुनै पनि खाद्य सामाग्री खरिद गर्दा उत्पादन, उपभोग्य मिति हेरेर मात्र खरिद गर्नु होला । हैन भने तपाईले किनेको खाद्य वस्तुले तपाईको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्छ । तपाईको घर नजिकै रहेका पसल, खाद्य स्टोर, मिनी मार्केट लगायतका खाद्य सामाग्रीको बिक्रि गर्दै आएका ति स्थानबाट उपभोग्य मिती सकिएका सामाग्री बिक्रि भइरहेको पनि हुन सक्छ । भक्तपुर नगरपालीका नेतृत्व मङलबार सुकुढोका र कमलविनायकमा केही पसलमा गरिएको अनुगमनको क्रममा म्याद सकिएका खाद्य वस्तुको बिक्रि भइरहेको पाइएको छ ।

ति पसलहरुमा म्याद सकिएका घिउ, खाने तेल, चाउचाउ, बिस्कुट, सस, केक, तयारी गुदँपाक लगायतका खाद्य सामाग्री रहेको भक्तपुर नगरपालिको अनुगमन टोलीका दिलिप कुमार सुवालले बताएका छन् ।

केहि व्यवसाय स्थानिय निकाय नगरपालीकामा दर्ता समेत नगरी संचालन भएको समेत सुवालले बताए ।

बजार अनुगमन टोलीले सुकुढोकामा रहेका खोटेजा खाद्य स्टोर, आर बि स्टोर त्यसै गरि कमलविनायकमा रहेका सभेन नाइन इन्टरप्राइजेज र देभना खाद्य मिनी मार्केटमा अगुगमन गरेको छ ।

अनुगमन टोलीले दर्ता नभएको व्यवसायलाई दर्ता गर्न तथा म्याद गुज्रिएका सामाग्रीको बिक्रि नगर्न आगामी बजार अनुगमनको क्रममा पून यस्तो भेटीएका कानुन बमोजिम कारवाही गरीने चेतावनी दिएको छ । ति स्थानबाट उपभोग्य मिती सकिएका खाद्य वस्तुको जफत समेत गरेको छ ।

अनुगमन टोलीमा भक्तपुर नगरपालीका, जिल्ला प्रसासन, जिल्ला प्रहरी, जिल्ला जनस्वास्थ्य कार्यालय, संचारकर्मी लगायताको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप