मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नेपाल राष्ट्र सङ्घको उपाध्यक्षमा निर्वाचित

मङ्गलबार, ३२ जेठ २०७३, २२ : ०८
मङ्गलबार, ३२ जेठ २०७३

काठमाडौँ - संयुक्त राष्ट्र सङ्घीय महासभामा एसिया प्रशान्त क्षेत्रका चार उपाध्यक्षमध्ये एक उपाध्यक्षमा नेपाल पनि निर्वाचित भएको छ ।

सन् २०१६ सेप्टेम्बरमा हुने ७१औँ साधरणसभाका लागि उपाध्यक्ष निर्वाचित भएको नेपालसहितका अन्य राष्ट्रहरु डिसेम्बर २०१७ सम्म कायम रहनेछ । यो चयनसँगै नेपाल महासभाको महासमितिको कार्यकारीणी समितिको सदस्य हुनेछ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएअनुसार नेपालले राष्ट्रसङ्घमा सन् १९५५ मा प्रवेश पाएपछि पहिलो पटक सो पदमा निर्वाचित भएको हो । नेपालको यो प्रवेशले राष्ट्र सङ्घसँग प्रत्यक्ष रुपमा कार्य गर्ने अवसर प्राप्त हुनुका साथै आगामी दिनमा नेपालको सकारात्मक भूमिका बढाउन पनि मद्दत पुग्ने विश्वास गरिएको छ । राष्ट्रसङ्घीय प्रणालीमा नेपालको सक्रिय र प्रभावकारी प्रतिनिधित्व रहने र न्युयोर्कमा विभिन्न सन्धिका निकायहरु, स्थायी मिसनमा यस क्षेत्रका राष्ट्रका तर्फबाट निर्वाचित सदस्यका रुपमा रहनेछ । राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत दुर्गाप्रसाद भट्टराई हाल विशेष राजनीतिक र गैरउपनिवेशिक समितिको अध्यक्ष समेत हुनुहुन्छ । राष्ट्रसङ्घको प्रणाली र विभिन्न सन्धिसम्बन्धी निकायमा नेपालको स्थायी नियोगले खेलेको भूमिकाले नेपाललाई सो अवसर दिलाएको हो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप