मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

उपराष्ट्रपति पुन आदिवासी चीनको बस्तीमा

मङ्गलबार, ३२ जेठ २०७३, २२ : १८
मङ्गलबार, ३२ जेठ २०७३
काठमाडौं– चीनको साताव्यापी औपचारिक भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ मंगलबार यून्नान प्रान्तको स्वशासित क्षेत्र शी श्वाङ पान्ना पुगेका छन् । मंगलबार विहान चाइना ईस्टर्नको उडानबाट कुन्मिङबाट शी श्वाङ पान्नाको चोङ होङ कासा अन्तर्राष्ट्रिय विमान स्थलमा ओर्लादा उनलाई शी श्वाङ पान्ना स्वशासित क्षेत्रका उपगभर्नरले स्वागत गरेका थिए । उपराष्ट्रपतिले शी श्वाङ पान्ना पुगेपछि जंगली हात्तिहरु रहेका जंगी हात्ति उपत्यका फरेष्ट पार्कको भ्रमण गरे । त्यसक्रममा उनले एशियाली हात्ति संग्राहलयको अवलोकन गरे । चीनको एकमात्र हात्ति पार्कमा वार्षिक १५ लाख पर्यटकले भ्रमण गर्ने गरेको व्यवस्थापन पक्षले जनाएको छ । मंगलबार साँझ उपराष्ट्रपति शी श्वाङ पान्ना स्वाशसित क्षेत्रको कम्युनिस्ट पार्टी र पिपुल्स गभरमेन्टले दिएको वेलकम भोजमा सहभागी भएका उनका प्रेस संयोजक मनोज मगरले जानकारी दिए । उनले उक्त कार्यक्रमलाई संबोधन गर्दै नेपाली चीन सम्बन्ध ऐतिहाँसिक उचाईमा पुगेको बताए । शी श्वाङ पान्ना आदिवासी जनजातिहरुको स्वशासित क्षेत्र हो । त्यहाँ ११ लाख जनसंख्या रहेको छ । यहाँ ८० प्रतिशत जंगल र २० प्रतिशतमात्रै मानव बस्ती रहेको छ । उपराष्ट्रपति बुधबार साँझसम्म यहीं बस्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप