सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रोनाल्डो चम्कन नसक्दा रोकियो पर्चुगल

बुधबार, ०१ असार २०७३, ०७ : ०१
बुधबार, ०१ असार २०७३

पेरिस — क्रिस्टियानो रोनाल्डोले पाएका अवसरहरुको सदुपयोग गर्न नसक्दा पोर्चुगल नवप्रवेशी आइसल्याण्डसँग बराबरीमा रोकिएको छ । समूह एफ अन्तरगतको खेलमा पोर्चुगललाई १—१ को बराबरीमा रोक्दै आइसल्याण्डले महत्वपूर्ण अंक बटुल्न सफल रह्यो ।

जाइल्फी सिगर्डसनले आइसल्याण्डलाई शुरुमै अग्रता दिलाउन सक्थे तर उनको प्रहारलाई पोर्चुगलका गोलकिपरले बचाउ गरे । त्यसपछि नानीले पोर्चुगललाई अग्रता दिलाए पनि बिर्किर जारनासनले गोल गर्दै खेल बराबरीमा ल्याए ।

रियलसँग च्याम्पियन्स लिग जितेर आएका रोनाल्डोले हिजोको खेलमा भने कुनै लयमा देखिएनन् । उनले कम्तिमा तीनवटा सुन्दर अवसर गुमाएका थिए ।

बरु उनले आइसल्याण्डले धेरै डिफेन्डिङ गरेको भन्दै आलोचना समेत गरेका छन् ।

१२७ खेल खेल्दै उनले पोर्चुगलका लागि सबैभन्दा बढी खेल खेल्ने लुइस फिगोको किर्तिमान बराबर गरे ।

उता, १० खेलाडीमा सिमित अस्ट्रिया हंगेरीसँग २—० ले पराजित भएको छ ।

अस्ट्रियाले खेलको २८ सेकेण्डमा गोल गर्ने अवसर पाए पनि डेभिड अलाबाको प्रहार पोस्टमा लागेको थियो ।

एडम साज्लाईले हंगेरीलाई अग्रता दिलाए भने जोल्टान स्टीबरले अग्रता दोब्बर बनाए ।

अस्ट्रियाका अलेक्सान्डर ड्रागोविच दुई वटा पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप