सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ब्राजिलका प्रशिक्षक डुंगा बर्खास्त

बुधबार, ०१ असार २०७३, ०७ : २३
बुधबार, ०१ असार २०७३

ब्रासिलिया — कोपा अमेरिकाबाट अप्रत्यासित रुपमा समूह चरणबाटै ब्राजिल बाहिरिएपछि प्रशिक्षक डुंगा बर्खास्त बनेका छन् ।

सन् १९९४ मा ब्राजिललाई विश्वकपको उपाधि दिलाएका डुंगा सन् २०१४ मा दोस्रो पटक टोलीका प्रशिक्षक नियुक्त भएका थिए ।

तर, उनको टोली पेरुसँग पराजित हुँदै सन् १९८७ पछि पहिलो पटक कोपा अमेरिकाको समूह चरणबाट बाहिरिएको थियो ।

५२ वर्षीय डुंगा यसअघि सन् २००६ देखि २०१० मा ब्राजिलका प्रशिक्षक थिए । त्यतिबेला ब्राजिलले सन् २००७ को विश्वकपको उपाधि जितेको थियो ।

उनको स्थानमा कोरिन्थियन्सका प्रशिक्षक टिटे आउने अनुमान गरिएको छ । उनले क्लबलाई सन् २०११ र १५ मा ब्राजिलियन लिगको उपाधि दिलाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप