मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नेपाल–चीन सीमा क्षेत्रमा व्यापार मेला सुरु

बुधबार, ०१ असार २०७३, ११ : ०५
बुधबार, ०१ असार २०७३

म्याग्दी , असार १– चीनको स्वशाशित क्षेत्र तिब्बत र नेपालको सीमा क्षेत्रमा बुधबारदेखि दुईदेसिय ब्यापार मेला सुरु भएको छ ।

ब्यापार मेलालाई लक्षित गरेर चीनले कोरला नाका २५ दिनका लागि खुल्ला गरेको छ । यसअघि वर्षमा दुई पटक ७/७ दिन सञ्चालन हुदै आएको ब्यापार मेला यसपाली करिब एक महिना हुने भएको हो ।

तिब्बतको ढोङवासेनमा सञ्चालन भएको मेलामा उपल्लो मुस्ताङका ब्यापारीहरु गलैचा, पश्मिना, घोडा र जडिवुटी लिएर ब्यापार गर्न गएका छन् । ब्यापार मेलामा गएका नेपाली ब्यापारीहरुले भेडा, च्याङ्ग्रा, लत्ताकपडा, पेयपदार्थ, फर्नीचर, निर्माण सामाग्री, शृङगारका सामाग्री किनेर ल्याउने उपल्लो मुस्ताङका ब्यापारी न्हिमा गुरुङले बताए ।

मेलामा नेपाली नागरीकता प्रमाणपत्रको आधारमा चिनीया अधिकारीले निश्चित समयअवधिका लागि परिचयपत्र बनाएर कारोबारका लागि अनुमती दिने गरेका छन् । चिनीया सुरक्षाकर्मीले तिब्बती शरणार्थीको ब्यापार मेलामा घुसपेठ हुन सक्ने भन्दै उच्च सर्तकता अपनाएका छन् ।

नेपालको सिमाबाट ब्यापार मेला स्थलसम्म पुग्न चिनीया सुरक्षाकर्मीले तिन ठाउँमा चेकजाँच गर्छन् । पहिले बस्तु बिनिमयमा आधारित ब्यापार मेला पछिल्लो समय आयात, निर्यात र ब्यवसायमा परिणत भएको छ । ब्यापार मेलामा म्याग्दी, बागलुङ र पर्वत लगायतका जिल्लाबाट पनि ब्यापारी र सर्वसाधारण भ्रमण तथा किनमेलका लागि गएका छन् । गत वर्ष मेलामा ४५ लाख रुपैया बराबरको कारोबार भएको थियो । नेचुङ भन्सार कार्यालयले पहिलो पटक डेढ लाख रुपैया राजस्व संकलन गरेको थियो । विगतका वर्षमा भन्सार कार्यालय नहुँदा तिब्बतबाट भन्सार छली गरेर मोटरसाईकल ल्याउने गरिएको थियो । गत वर्षदेखि तिब्बतबाट भन्सार छली गरेर मोटरसाईकल ल्याउने क्रम रोकीएको छ ।

ब्यापार मेला सञ्चालन हुने बाहेकको अवस्थामा कोरला नाका पूर्ण रुपमा बन्द हुने गर्छ । नाका सञ्चालनका लागि पछिल्लो समय नेपाल सरकारले कुटनिटिक पहलका साथै पहुँचमार्ग र सुख्खा बन्दरगाहा निर्माणका लागि प्रक्रिया अघि बढाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप