मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मुम्बई नजिकैको फ्ल्याटमा नेपाली युवतीको शब भेटियो

बुधबार, ०१ असार २०७३, १२ : २३
बुधबार, ०१ असार २०७३

मुम्बई –मुम्बई नजिकै पर्ने भायन्दरमा एक नेपाली युवतीको कुहिएको अवस्थामा शब भेटिएको छ । चितवन घर भएकी लक्ष्मी पौड्याल (३२) को शब एक फ्ल्याटबाट बरामद भएको हो । गत ८–१० वर्षदेखि मुम्बईमा बस्दै आएकी पौड्याल भायन्दरको इन्द्रलोक स्थित फ्ल्याटमा बस्दै आएकी थिइन् ।उनी बसेको फल्याटबाट गन्ध आउन शुरु भएपछि बिल्डिङका मानिसहरुले प्रहरीलाई खबर गरेपछि मात्रै उनको मृत्यु भएको खुलेको थियो । घटना लगभग एक महिनापघि नै भएको प्रहरी अनुमान छ ।

प्रहरीले घटनास्थल पुगेर शबलाई पोस्र्टमार्टमको लागि भायन्दर पश्चिमस्थित अस्पतालमा लगेको थियो । उनको हत्या भएको प्रहरीले आशंका गरेपनि पोष्टमार्टमको रिपोर्ट आएसँगै थप जानकारी दिने बताएको छ । गत २२ अप्रिलदेखि सम्पर्कविहिन भएकी पौड्यालको शब २९ मइको दिन फ्ल्याट बाट निकालिएको हो ।

मृतकका दाई केशव पराजुलीले बहिनीको हत्या भएको हुन सक्ने बताए । उनका अनुसार बहिनी पौड्याल एकजना भारतीयसँग रिलेशनमा रहेको र सो व्यक्तिले आफूसँग विवाह नगरे जे पनि गर्न सक्ने धम्की थिएका थिए । अहिले उक्त व्यक्ति सम्पर्क बाहिर रहेको उनले जनाए ।

मृतक लक्ष्मी पौड्यालको शव बुझ्नका लागि नेपालदेखि दाई, भिनाजु लोक नाथ गौतम, मामा सूर्य ढुंगाना र १५ वर्षिय छोरा अनिश मुम्बई आएका छन् भने मंगलबार नै मृतकको भायन्दर पश्चिम स्थित शमशान भूमिमा दाहसँस्कार गरिएको छ । घटनापछिको सबै कर्मकाण्डी कामहरु अखिल भारत नेपाली एकता मञ्चका पदाधिकारीले गरेका थिए । गत १५ दिनभित्र मुम्बईमा यो नेपालीको चौथो मृत्यु हो । तर, यहाँ पौडेलको मृत्युले भने धेरै प्रश्नहरु छोडेर गएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप