मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नवलपरासीबाट मधेसी नेताको चेतावनीः देश ठूलो दुर्घटनामा फस्न सक्छ

बुधबार, ०१ असार २०७३, १२ : ०३
बुधबार, ०१ असार २०७३

नवलपरासी – मधेसी नेता तथा तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदेश त्रिपाठीले सरकारले बार्ताको नाममा नाटकमात्र गर्न खोजेको आरोप लगाएका छन् । सरकारले मधेशको जायज माग पुरा गर्न नखोजेको आरोप लगाउदै त्रिपाठीले सरकारले माग सम्बोधन नगरे देश ठूलो दुर्घटनामा फस्न सक्ने चेतावनी दिए ।

नवलपरासीको गुठीप्रसौनीमा आयोजित कार्यक्रममा बोल्दै नेता त्रिपाठीले सरकारको चाहना बास्तबिक बार्ता नभई नाटकीय ढगंको प्रस्तुती मात्रै भएको आरोप लगाए ।

त्रिपाठीले मधेश आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुलाई सहिद घोषणा, घाईतेलाई निशुल्क उपचार र कार्यकर्तामाथि लगाईएको मुद्दा फिर्ता नभएसम्म सरकारसंग निर्णायक बार्ता नहूने दाबी गरे ।

सरकारले घोषणा गरेको स्थानिय निर्वाचनको कूनै औचित्य नभएको दाबी गर्दै नेता त्रिपाठीले पहिला संबिधान मधेशी जनजाती र थारुको माग सम्बोधन हुनुपर्ने र त्यसपछि मात्रै त्यतातर्फ सोचिनुपर्नेमा जोड दिए । फरक प्रशंगमा उनले पार्टीको यही असार सार ६ गते देखि ८ गतेसम्म नवलपरासीमा संचालन हुने प्रथम राष्ट्रिय महाधिबेशनलाई सहयोग गर्न समेत सबै सँग आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप