मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

माओवादी नेता बादलको गाउँ जलेर ध्वस्त भयो तर थाहा पाएनन् !

बुधबार, ०१ असार २०७३, १२ : २४
बुधबार, ०१ असार २०७३

गुल्मी– गुल्मीको दाजाकोट र माझगाउँमा बैशाख १८ गते आगलागी भएर सिङ्गै गाउँनै जलेर ध्वस्त भयो ।

आगलागी भएकै दिनदेखि देशविदेशबाट सहयोगी हातहरु फैलिए । तर आफ्नै गाउँ भएपनि नेकपा माओवादी केन्द्रका हेर्डक्वाटर सदस्य रामबहादुर थापालाई भने अहिलेसम्म पत्तो छैन । गाउँ जल्दै गर्दा राजधानीमा रहेका बादल विभिन्न १० माओवादीको एकतापछि फुर्सद भएपछि पनि गाउँमा फर्केर गएनन् । बरु गृहमन्त्री शक्तीबहादुर बस्नेत, नेकपा एमालेका सचिव तथा पुर्व मन्त्री प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारी, माओवादी नेतृ तथा समानुपातिक सांसद सिर्जना तरामु  दजाकोट  पुगे । उनीहरु पुग्दा बादलपनि आउने आशा थियो पीडितहरुको । तर दजाकोटवासीको त्यो आशा अहिलेसम्म पूरा हुन पाएको छैन ।

‘ पार्टी एकीकरणमा जुट्नु भएको होला भनेर पहिले आउन भ्याउनु भएन भन्ने लागेको थियो, तर अझैं सम्म आउनु भएन,स्थानीयवासी तथा नेता वादलका आफन्त हरिप्रसाद छन्त्यालले भने –‘पार्टी एकिकरण भएको यतिका दिनसम्म पनि उहाँ नआउँदा असाध्धै दुख लागेको छ ।’

तत्कालिन एमाओवादीबाट नेता वादल मन्त्री भएर दोश्रो जिल्ला परिषद उद्घाटन गर्न सदरमुकाम तम्घास आउँदा उनलाई भेट्न छन्त्याल, उनका कान्छा वुवा दलबहादुर सोनारीसहित दजाकोटका वालक देखि बृद्ध सम्म आएका थिए । त्यति वेला नेता वादलले आफ्ना कान्छा वुवा दलबहादुर सहितका आफन्त संग निकै अपनत्व दर्शाएका थिए ।

अहिले उनका कान्छा वुवा दलबहादुरको झण्डै २५ लाख मुल्य वरावरको प्लाष्टर गरेको तीनतले घर जलेर ध्वस्त भई टहरामा वसेका छन् । १० फिट चौडाई र २० फिट लम्वाईको टहरामा दलबहादुरका छोरावुहारी र आफु बुढाबुढी त्यही विस्तरा, त्यही राखन धरान हुँदा बाहिर वारीको कुनामा खाना पकाउछन् । आकाशबाट पानी पर्न थालेपछि अँगेनोमा बसालेको खान नपाक्दै उतारेर भित्र लैजाने तर्खरमा लागेका उनका काका दलबहादुरले भने –‘ तपाईलाई थाहा छैन होला, माओवादी नेता वादल मेरो छोरो हो तर उ यस्तो हुँदा पनि भेट्न आएन ।’ कान्छा वुवा दलबहादुर र स्थानीय अगुवा समाजसेवी छन्त्यालका अनुसार भेट्न आउनु त परै जावोस् नेता वादलको एककल फोन समेत आएको छैन। नेता वादल प्रति गुनासो गर्ने दाजाकोटवासी धेरै छन् । देश–विदेशका सञ्चार माध्यमले त्यो कहाली लाग्दो दजाकोटको अवस्था दृश्यमा समेत देखाएका थिए । नेता वादलले त्यो हेर्न पाएनन् वा थाहा पाएर पनि आफ्नो गाउँलाई वास्ता गरेनन् त्यो भने खुल्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप