मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एनसेल तोडफोडको घटनाप्रति आयोगको ध्यानाकर्षण

बुधबार, ०१ असार २०७३, १३ : ४३
बुधबार, ०१ असार २०७३

काठमाडौं –नेत्र विक्रम चन्द विप्लव माओवादीद्वारा विभिन्न स्थानमा संचार सेवा प्रदायक संस्था एनसेल टावरहरुमा भएको आगजनी तथा तोडफोडको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एनसेल टावर जलाइएपछि सल्यान, चितवन लगायत विभिन्न जिल्लाका अधिकांश गाबिसहरु संचार बिहीन भएका छन् । एनसेलका टावरहरु विभिन्न स्थानमा जलाइएपछि नागरिकको स्वतन्त्रपूर्वक एक अर्कासँग संचार सम्पर्क गर्न पाउने अधिकार प्रभावित भएको भन्दै आयोगले घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनको दायरामा ल्याउन तथा पीडित पक्षलाई उचित क्षतिपूर्ति प्रदान गर्न सरकारसँग आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप