मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

उखु किसानद्वारा चक्काजाम

बुधबार, ०१ असार २०७३, १३ : ५६
बुधबार, ०१ असार २०७३
रौतहट , असार १–उखुको भुक्तानीको माग गर्दै रौतहटका किसानहरुले जिल्लाको मध्यभाग बिरेन्द्र राजमार्गस्थित श्रीराम सुगर मिलको अगाडी गरुडामा चक्काजाम गरेका छन् । सैयौंको संख्यामा गएका उखु किसानहरुले मिलको मुलगेट अगाडी मुख्य बाटोमा बसेर बिहान ११ बजेदेखी १ बजेसम्म चक्का जाम गरेका हुन् । किशानहरुले मिललाई दिएको उखुको झण्डै ९० करोड रुपैयाको पटक पटक मागगर्दा पनी उद्योगपती दिवाकर गोल्छाले बेवास्ता गरीरहेका कारण बाध्य भई आन्दोलनमा उत्रीनुपरेको उखु उत्पादक संघका जिल्ला अध्यक्ष अशोक यादवले बताए । आर्थिक बर्ष २०७० देखी हालसम्मको उखुको करीब ९० करोड रुपैया मिलले नतिरी अनेक बखेडा गर्दै आएको किसानहरुको गुनासो छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप