मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भिक्ट्री गुन्जाउँदै एज ब्यान्ड

बुधबार, ०१ असार २०७३, १३ : ५९
बुधबार, ०१ असार २०७३

काठमाडौं - पप संगीतको चार्म भएका बेला थुप्रै गायक गायिका र ब्यान्ड जन्मिए । तर चार्म हराएसँगै उनीहरु पलायन पनि भए । अहिले पप संगीतको चार्म छैन तर केही गायक गायिका र ब्यान्डले भने आफ्नो चार्म गुम्न दिएका छैनन् । यस्तै एउटा ब्यान्डमा पर्छ ‘एज ब्यान्ड’ ।

हरेक महिना दरबारमार्गस्थित भिक्ट्री लन्जमा गायक गायिका तथा ब्यान्डलाई प्रस्तुत गर्दै आएको फेम नेपालले जुन महिनाको अन्त्यमा रक ब्यान्डको रुपमा स्थापित यही एज ब्यान्डलाई प्रस्तुत गर्ने भएको छ ।

‘लाइभ म्युजिकल एरा २०१६’ शीर्षकमा भिक्ट्रीको मञ्चमा गायक गायिका तथा व्यान्डलाई प्रस्तुत गर्दै आएको फेम नेपालको यो ५ औं शृंखला हो । यसअघि विपुल क्षेत्री, सबिन राई, राजु लामा, दीपक बज्राचार्यले आ आफ्ना ब्यान्डका साथ गीत प्रस्तुत गरिसकेका छन् । एज ब्यान्डले सोही मञ्चमा आउँदो २५ जुनमा आफ्ना गीत प्रस्तुत गर्नेछ ।

सन् १९९८ मा पोखराका ५ जना साथीहरुले स्थापना गरेको ब्यान्डले सन् २००२मा पहिलो गीत सार्वजनिक गरेर नेपाली संगीत क्षेत्रमा पाइला चालेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप