मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

प्रचण्डलाई कारबाही गर्नुपर्छ : नयाँ शक्ति प्रवक्ता

बुधबार, ०१ असार २०७३, १४ : १४
बुधबार, ०१ असार २०७३

भक्तपुर– नयाँ शक्ति नेपाल पार्टीका प्रवक्ता खिमलाल देवकोटाले द्धन्द्धकालिन समयको घटनालाई लिएर कारवाही भए नेकपा माओवादी केन्द्रका अध्यक्ष  प्रचण्ड र हालका गृहमन्त्री शक्ति बस्नेतलाई समेत कारवाही गर्नु पर्ने बताएका छन् ।

रफत सञ्चार क्लबले बधुबार आयोजना गरेको साक्षत्कार कार्यक्रमा बोल्दै उनले भने ‘तत्कालिन माओवादीका प्रमुख प्रचण्ड र जनमुक्ति सेनाका कमिसार बस्नेत हुन्, त्यसैले उनीहरुले पनि जिम्मेवारी लिनु पर्दछ ।’ द्धन्द्धको समयका घटनलाई अपराधिकरण गर्ने वा क्रान्तिकरण गर्ने भन्ने कुरा प्रचण्ड र गृहमन्त्री बस्नेतको हातमा रहेको देवकोटाले बताए ।

उनले नाकाबन्दी सकिएको लामो समयसम्म पनि सरकार कालोबजारीको संरक्षणमा लागेका भन्दै यस्तो अवस्था निम्तनु दुःखद भएको बताए । उनले भने, ‘वर्तमान सरकारको संरक्षणमा कालो अर्थतन्त्र मौलाएको छ, जनताको समस्या समाधान गर्न नसक्ने केपी ओली नेतृत्वको सरकार पूर्णरुपमा असफल भएको भइसकेको छ ।’ भुकम्पको पीडालाई सम्बोधन गर्ने भन्दा पनि आफ्ना कार्यकर्ता भरणपोषण गर्दै एनजीओ र आइएनजीओको पैसा कुम्लाउने खेलमा सरकार लागेको देवकोटाको भनाई छ ।

प्रवक्ता देवकोटाले पुननिमार्ण प्राधिकरणलाई राजनीति भर्तीको केन्द्र बनाएर सरकारले विदेशी सहयोगको समेत दुरुपयोग गरेको आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप