मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एनबी बैंकले हकप्रद सेयर जारी गर्ने

बुधबार, ०१ असार २०७३, १४ : ३२
बुधबार, ०१ असार २०७३
काठमाडौं-नेपाल बंगलादेश बैंक (एनवी बैंक)ले आफ्नो चुक्ता पुँजी वृद्धिका लागि ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । गत शुक्रवार वसेको सञ्चालक समितिको वैठकले शकप्रद सेयर जारी गरि पुँजी वृद्धि गर्ने निर्णय गरेको हो । ८० प्रतिशतसेयर वाड्दा अहिले कायम रहेको १० कित्ता सेयर वरावर ८ कित्ता शकप्रद जारी हुने जनाइएको छ । ३ अर्व ४ करोड चुक्ता पुँजी रहेको एनवी बैंकको हकप्रद सेयर जारी भएपछि चुक्ता पुँजी ५ अर्व ४७ करोडभन्दा वढी हुने जनाइएको छ । अन्य बैंक तथा वित्तिय गाभिएर चुक्त पुँजी वृद्धि गर्ने योजना वनाएपनि मर्ज प्रक्रिया तत्काल पुरा नभएकाले बैंकले हकप्रद सेयरको साथ लिएको हो । बैंकमा ४१ प्रतिशत सेयर स्वामित्व बंगलादेशीहरुको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप