मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

महिन्द्राको अर्जुन नोभो ६०५ डीआई बजारमा

बुधबार, ०१ असार २०७३, १५ : ४८
बुधबार, ०१ असार २०७३

काठमाडौं– महिन्द्रा ग्रुप अन्तर्गतको महिन्द्रा एण्ड महिन्द्राको फार्म इक्वीप्मेन्ट सेक्टर (एफइएस) तथा अग्नि ग्रुपले सबैभन्दा उन्नत तथा आकर्षक डिजाइनमा ढालिएको नयाँ महिन्द्रा अर्जुन नोभो ६०५ डीआई ट्रयाक्टरको अनावरण गरेको छ ।

यो ट्रयाक्टर ५५ देखि ७५ हर्सपावरको रेन्जमा उपलब्ध हुने कम्पनीले जनाएको छ । हाल यो उत्पादन ६० हर्सपावरमा रहेको छ । नयाँ अर्जुन नोभो ६०५ डी.आई. महिन्द्राको देशभरीका कृषकलाई प्रविधीमूखी कृषि समाधान प्रदान गर्ने लक्ष्य अनुरुप ल्याइएको जनाइएको छ । नयाँ प्रविधी, आराम, तथा उपयोगी डिजाइनमा नयाँ मापदण्ड कायम गर्दै महिन्द्राको यो उत्पादनले कृषि प्रचलनमा आमूल परिवर्तन ल्याउँदै कार्यक्षमता तथा उत्पादकत्वको गुणस्तरमा सुधार गर्ने कम्पनीले विश्वास लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप