मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सिजि नेक्स्ट जेन सुजुकी व्राण्ड सेन्टर उद्घाटन

बुधबार, ०१ असार २०७३, १५ : ५०
बुधबार, ०१ असार २०७३

काठमाडौ–सिजि नेक्स्ट जेनले नेपाली अटो बजारमा नयाँ आयाम सुरु गरेको छ । सिजि नेक्स्ट जेन सुजुकी व्राण्ड सेन्टर ललितपुरको पुल्चोकमा सञ्चालनमा आएको छ । सिजि नेक्स्ट जेनका प्रमुख प्रबन्ध निर्देशक अरुण कुमार चौधरी र मारुती सुजुकी ईन्डियाका कार्यकारी निर्देशक शसांक श्रीवास्तवद्वारा समुद्घाटन गरिएको हो । नेपालकालागी अधिकारीक बिक्रेता सिजी मोटोकर्पले नेपाली अटो बजारमा सबै भन्दा ठूलो बजार हिस्सा ओगट्न सफल भएको दावी गरेको छ । सिजि नेक्स्ट जेन सोरुममा नेपालको कुशल सेल्स प्रतिनिधीले ग्राहकलाई विश्व स्तरीय सेल्स अनुभव प्रदान गर्नेछन् । कम्पनीले आगामी दुई बर्ष भित्रमा मुलुकका प्रमुख शहरहरु खासगरी वुटवल, पोखरा, नारायणघाट र विराटनगर लगायतका स्थानमा सुजुकी नेक्स्ट जेनेरेसन व्राण्ड सेन्टर सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप