मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

क्यानडा लगानी गर्न तयार

बुधबार, ०१ असार २०७३, १५ : ५२
बुधबार, ०१ असार २०७३
काठमाडौ–नेपाल हेर्ने क्यानेडियन राजदुतावासका डेपुटी हेड अफ मिसनका जेस डटोनले नेपालमा आफ्नो राजदुतावास खोल्न उत्साहित भएको बताएका छन् । नेपाल–क्यानडा मैत्री तथा साँस्कृतिक संघद्धारा काठमाडौमा स्वागत गर्ने क्रममा उनले सो कुरा बताएका हुन् । कार्यालयका एन्डरिया डेभिडसनका साथ बुधवार नेपाल आएका डटोनले नेपालमा क्यानडाको लगानी पर्यटन, जलविद्युत र हवाई क्षेत्रमा आर्कर्षित भएको बताउँदै भने, ‘नेपाल विश्वकै आर्कषक गन्तब्य हो ।’ सो अवसरमा नेपाल–क्यानडा मैत्री तथा साँस्कृतिक संघका अध्यक्ष हिरण्यलाल श्रेष्ठले नेपाल र क्यानडाको सम्बन्ध राज्यस्तरबाट जनस्तरमा पुु¥याउन आफुहरु क्रियाशील भएको बताए । संघका सहअध्यक्ष प्रा.डा. प्रदीप खड्का, उपाध्यक्ष प्रा.डा. गोपाल पोखरेल, सचिव खड्क थापा, सीमा विद बुद्धिनारायाण श्रेष्ठ लगायतले नेपाल क्यानडाको सम्बन्ध र विकासक्रमको बारेमा चर्चा गरे । कार्यक्रममा गायिका कोमल वलीले ‘लरि लरि लै, यो जोवन तिम्रै हो सँधै भरीलाई’ बोलको गीत गाएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप