मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बीमाले उचाल्यो सेयर बजार

बुधबार, ०१ असार २०७३, १५ : ५४
बुधबार, ०१ असार २०७३

काठमाडौं–साताको चौथो दिन वुधवार सेयर बजारमा ६.३२ अंको वृद्धि भएको छ । बीमा समूहको परिसूचकमा भएको उत्साहजनक वृद्धिले समग्र वजार उचालिएको थियो भने सेयर बजार १६२०.४७ अंकमा पुगेर अडिएको छ । वुधवार दिनभर एक सय ३५ कम्पनीका १७ लाख ९२ हजार ४ सय ५९ कित्ता सेयर खरिद विक्रिवाट एक अर्व ३९ करोड ९५ लाख २५ हजार ९ सय ४५ रुपैयाँको कारोवार भएको नेप्सेले जनाएको छ । आज सवैभन्दा वढी बीमा कम्पनीको परिसूचक २६७.०४ अंकले वढेको छ भने जलविद्युत समूहको परिसूचक ३४.२३, उत्पादनमुलक क्षेत्रको परिसूचक १८ अंकले वढेको छ । यस्तै, विकास बै.कको समूहको परिसूचक ४.७६, अन्य समूहको २.३५ अंकले वढेपनि बैंकिङ समूहको सूचक भने ६.३७, होटल समूहको १५.२२ र फाइनान्स समूहको परिसूचक ०.६१ अंकले घटेको छ । अघिल्लो दिन मंगलवार सेयर कारोवारको हिसावले नयाँ रेकर्ड वनाएको नेप्सेमा वुधवार भने त्यो कारोवार रकम कायम रहन सकेन । मंगलवार सेयर वजारमा २ अर्व १९ करोडभन्दा वढीको सेयर कारोवार भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप