मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बोक्सोको आरोपमा मारिएका तुलु सार्कीको परिवारलाई आर्थिक सहयोग

बुधबार, ०१ असार २०७३, २२ : २६
बुधबार, ०१ असार २०७३

काठमाडौं – बोक्सोको आरोपमा गाउँलेबाटै हत्या गरिएका रसुवाको यार्सा गाविसका तुलु सार्की थिङको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । सञ्चारकर्मी रमेश जमकटेलको विशेष पहल र अष्ट्रेलियामा रहेका नेपालीहरुको सक्रियतामा जुटेको १ लाख ८० हजार ५ सय रुपैयाँ जिल्ला प्रहरी कार्यालय रसुवाको शरण लिएर बसिरहेका पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।

बोक्सोको आरोपमा उनको हत्या भएपछि सार्कीका आश्रीत परिवारको अवस्था निकै दयनिय रहेको खबर सञ्चारमाध्यमहरुमार्फत सार्वजनिक भएपछि अष्ट्रेलियामा रहेका दीपक क्षेत्रीले आर्थिक संकलन अभियान सुरु गरेका थिए । उनकै सक्रियतामा संकलन भएको सो रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको जमकटेलले बताए । सो रकम हस्तान्तरण कार्यक्रममा पुगि सांसद बहादुर सिंह लामाले समेत २० हजार पाँच सय रुपैयाँ सहयोग गरेका थिए । लामाले गरेको सहयोग समेत गरेर सार्कीको परिवारका लागि २ लाख एक हजार जुटेको छ । सहयोग प्राप्त भएसँगै आर्थिक अवस्था निकै कमजोर भएका सार्कीका परिवारलाई केहि भएपनि राहत महसुश भएको छ । यसैबीच सहयोग हस्तान्तरण कार्यक्रममा सरुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीले दोषीलाई कानुनी कठघरामा ल्याउन कुनै करण बाँकी नराख्ने प्रतिबद्धता जनाउँदै सार्कीको परिवारलाई गाउँमै बस्ने सक्ने वातावरण बनाउन लागिपर्ने बताएका छन् । सार्कीका परिवार हालसम्म पनि गाउँमा असुरक्षाका कारण हालसम्म पनि जिल्ला प्रहरी कार्यालय रसुवाको आश्रयमा रहेको प्रहरी प्रमुख प्रनाउ अवदेश विष्टले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप