मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आज एसएलसीको नतिजा सार्वजनिक, रातोपाटीबाटै नतिजा हेर्न सकिने

बिहीबार, ०२ असार २०७३, १० : ४८
बिहीबार, ०२ असार २०७३
काठमाडौं, असार २– परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आज एसएलसी परीक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले आज तीन बजे नतिजा सार्वजनिक गर्ने गरी तयारी थालिएको बताए । कुनै प्राविधिक समस्या नआए तोकिएको समयमा नतिजा सार्वजनिक हुने भन्दै काप्रीले त्यसका लागि मध्यान्ह १२ बजे बोर्ड बैठक आह्वान गरिएको बताए । ग्रेडिङ प्रणालीमार्फत सार्वजनिक गरिने नतिजामा कोहि विद्यार्थी फेल हुने छैनन् । एसएलसी सुरुवातको ८२ वर्षपछि पहिलो पटक कोही फेल नहुनेगरी परीक्षाको नतिजा सार्वजनिक हुन लागेको हो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार विभिन्न नौ ग्रेडिङमा परीक्षाफल प्रकाशन गरिने छ । कार्यालयका अनुसार ९० देखि १०० प्रतिशत ल्याउने ‘ए प्लस’, ८० देखि ९० प्रतिशत ‘ए’, ७० देखि ८० प्रतिशत ‘बी प्लस’, ६० देखि ७० प्रतिशत ‘बी’, ५० देखि ६० प्रतिशत ‘सी प्लस’,४० देखि ५० प्रतिशत ‘सी’, ३० देखि ४० ‘डी’ प्लस, २० देखि ३० ‘डी’ र १० देखि २० प्रतिशत ल्याउनेलाई ‘इ’ ग्रेडिङमा राखिएको छ । । यद्यपी ग्रेडअनुसार उच्च शिक्षामा अध्ययन गर्ने विषयको निर्धारण हुनेछ भने डी र ई ल्याउनेले भने ११ मा भर्ना हुन पाउने छैनन् । यो वर्षको एसएसली परीक्षामा कूल ६ लाख १५ हजार ५ सय ५३ जना सहभागी छन्। पहिलो लेटर ग्रेडिङ र अन्तिम एसएलसी भएको कारण यो नतिजाप्रति धेरैको चासो रहेको छ । यसैबीच एसएलसीको नतिजा सार्वजनिक भएसँगै रातोपाटीबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप