मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

धुर्मुस—सुन्तलीलाई आर्थिक सहयोग गर्न मुसहर बस्तीमा बालबालिका जुटे

बिहीबार, ०२ असार २०७३, ११ : २०
बिहीबार, ०२ असार २०७३

बर्दिबास– ‘अरुलाई सहयोग पटक पटक, धुर्मुस—सुन्तलीलाई एक पटक’ भन्ने नारा महोत्तरीको बर्दिबास नगरपालिका २ स्थित मुसहर बस्तीमा निकै गुञ्जमान भएको छ ।

धुर्मुस—सुन्तलीले सिन्धुपाल्चोकमा निर्माण गरिरहेको भूकम्प प्रभावित बस्तीको पूर्णनिर्माणमा आर्थिक सहयोग संकलन गर्न मुसहर बस्तीका बालबालिकाहरु जुटेका छन् । अरुलाई ब्यालेटमै छाप लगाएर भोट दिएपनि देश र समाजको प्रगती नभएको तर धुर्मुश—सुन्तलीले भूकम्प प्रभावितलाई छानो दिने अभियान सफल गरिरहेको भन्दै उनलाई सहयोग गर्न बालबालिकाहरु जुटेका हुन् ।

६ महिनादेखि हास्य कलाकार धुर्मुस—सुन्तलीको मुसहर बस्तीको नामले चिनिएको यो बस्तीका बालबालिकाहरुले गठन गरेको नवयुग बालक्लव मार्फत सहयोग संकलन गरिरहेको मुसहर बस्तीका अगुवा मञ्जय सदाले बताए ।

ज्याला मजदुरी र जंगलबाट दाउरा ल्याएर बिक्री गरि जीविका चलाउदै आएका मुसहरहरुले भुकम्पबाट लडेको बस्ती पुर्ननिर्माण गर्न धुर्मुश—सुन्तलीले सुरु गरेको कामलाई खुलेर प्रशंसा गरेको सोही बस्तीकी मनकी सदाले बताइन् ।

अहिलेसम्म उनीहरुले ५ हजार भन्दा बढी आर्थिक संकलन गरिसकेका छन् जुन संकलन बढ्ने क्रममा रहेको छ । धनले गरिब रहेपनि मुसहरहरु मनले निकै धनी छन् । आफुहरु छाक काटेर उनीहरुले देश बनाउन थालेको अभियानमा सहयोग गर्न जुटेको धुर्मुश —सुन्तली एकिकृत बस्ती पुननिर्माण सहयोग समिति बर्दिबासका सदस्य भिमबहादुर आलेले बताए । गरिबी र सचेतनाको खाँचो रहेको यहाँका मुसहर बस्तीलाई समेत नमुना बनाउन धुर्मुश —सुन्तली लागि परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप