मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन नजिकिँदोः चुनाव जित्ने आ–आफ्नै दाबी

बिहीबार, ०२ असार २०७३, ११ : ३४
बिहीबार, ०२ असार २०७३

इटहरी – उद्योग बाणिज्य संघ इटहरीको असार २३ गते अधिवेशन हुने तय भएसँगै नयाँ नेतृत्व छनौटको चहलपहल तिब्र रुपमा बढेको छ ।

इटहरीका व्यवसायी र उद्योगीहरुलाई स्थानीय निर्वाचनको भन्दा कडा चुनाव लागेको देखिएको छ । उनीहरुको प्रचार अभियान बैशाखदेखि नै सुरु भएको थियो । सो अभियान जेठको अन्तय सम्ममा आएर अझ उग्र भएको छ ।

घरदैलो अभियान तीव्र भएको छ भने व्यवसायीक छलफल तथा गोष्ठी पनि बढेको छ । यस बर्ष भने उवासंघ इटहरीको अधिवेशन र नयाँ नेतृत्व छनौट बिशेष महोत्वको रुपमा पनि हेरिएको छ । साबिकको इटहरी नगरपालिकामा आसपासका चार ठूला गाविस खनार, हासपोसा, एकम्बा र पकली गाभिएर उपमहानगरपालिका बनेपछि सोही अनुसार उवासंघ इटहरीको संरचना तथा कार्यक्षेत्र समेत वृहत हुने भएका कारण पनि बिशेष रुपमा पनि हेरिएको हो ।

तिन वर्षे कार्यकालको लागी इटहरीमा कहलिएका व्यपारी नेताको रुपमा लिलम बस्नेत एमाले निकट व्यवसायीको रुपमा अगाडी सारिएको छ भने नेपाली काग्रेस, नेकपा माओबादी केन्द्र र राप्रपा नेपाल निकटका ब्यबसायीहरु सयुक्त रुपमा टिम बनाएर चुनाबी मैदानमा इश्वरी पराजुलीको अर्काे समुहलाई अगाडी सारिएको छ ।

लिलम बस्नेत नेतृत्वको एमाले निकट ब्यबसायीको प्यानल चुनाब आउनु एक महिना अघिनै घरदैलो गरि रहेको छ भने इस्वरी पराजुली नेतृत्वको संयुक्त प्यानल ब्यबसायीका समस्या समाधान गर्न सक्षम टिम निमार्णमा जुटेर अलिक ढिला गरेर बजारमा घुम्न थालेका छन् ।

बजारमा उद्योग व्यपार व्यवसाय संचालन गरेर बसेका मतदाता उद्योगी व्यपारीहरुपनि आफुलाई मन पर्ने उम्मेदवारहरुलाई जिताउन आ –आफ्नै तरिकाले लागि परेका छन् । पूर्वाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष टंक दुलाल र केन्द्रिय सदस्य रोहित प्रसाद प्रसाई ईश्वरी पराजुलीको प्यानललाई जिताउन बजारमा खुलेरै लागि सकेका छन् ।

बस्नेतको प्यानललाई एमाले निकट उद्योगी व्यापारीहरुले साथ दिईरहेका छन् ।

दुवै उम्मेदवारहरुले मतमाग्न जादा उद्योगी व्यापारीहरुलाई आ– आफ्ना गुलिया चुनावी एजेण्डाहरु बँडिरहेका छन् । दुवै जनाले इटहरीमा ठूलो समस्याका रुपमा रहेको घरवहाल बृद्धि र करका बिषयको एजेण्डालाई प्रमुख एजेण्डाका रुपमा उद्योगी व्यापारीहरु माझ लगिरहेका छन् । उम्मेदवारहरुले बनाएको चुनावी एजेण्डा मध्येको पनि प्रमुख मानिएको घरवहाल बृद्धि र घर बहाल करको बिषय निर्वाचित हुने अबको नेतृत्वले पनि सम्बोधन गर्न नै नसक्ने आम मतदाता उद्योगी व्यापारीहरुको भनाईरहेको छ ।

यी पदका लागि निर्वाचन उद्योग वाणिज्य संघ इटहरीको आउदो असार २३ गते १९ पदका लागि निर्वाचन हुने छ । जसमा अध्यक्ष पदका लागि १ जना, बस्तुगत कोटाका लागि २ जना, वाणिज्यकोटाका लागि ९ जना, उद्योग कोटाका लागि ४ जना, महिला कोटाका लागि २ जना, एशोसिएट कोटाका लागि १ जना निर्वाचन हुने प्रावधान छ । यसमा मनोनित सदस्य ३ जना , पदेन सदस्य २ जना र निवर्तमान अध्यक्ष १ जना गरि २५ जनाको कार्य समिति बन्ने नियम छ ।

चुनाव जित्ने आ –आफ्नै दावी असार २३ गते बिहिबार हुन गईरहेको उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा आफ्नो प्यानलले नै बिजयी हासिल गर्ने लिलम बस्नेत र ईश्वरी पराजुलीले दाबी गरेका छन् । आफु र आफ्नो प्यानलले चुनाव जित्ने थुप्रै आधारहरु रहेको पनि उनिहरुले बताएका छन् । बजारमा चुनाव कस्ले जित्छ भन्ने बिषयमा अनेका खालका अड्कल बाजीहरु पनि भईरहेका छन् । त्यती मात्र होइन, अध्यक्ष पदका उम्मेदवार दुवैको आलोचना र प्रशंसा पनि उत्तिकै हिसाबले भईरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप