मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सरकार ढाल्ने कुरा गरेको भन्दै जितेन्द्र देवलाई कारवाही गर्न माग

बिहीबार, ०२ असार २०७३, ११ : ५८
बिहीबार, ०२ असार २०७३

काठमाडौ – मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का नेता जितेन्द्र देवले आफ्नो पार्टी सरकारबाट बाहिरिने अभिव्यक्ति दिएको कारण उनीमाथि कारवाहीको माग उठेको छ । महाधिवेशनपछि बसेको पहिलो बैठकमा बोल्ने अधिकाँश केन्द्रीय सदस्यले जितेन्द्र देव पार्टीको हित विपरित अभिव्यक्ति दिएको भन्दै कारवाहीको माग गरेको बैठकमा सहभागि एक नेताले रातोपाटीलाई बताए । बैठकको प्रारम्भमा पार्टीका अध्यक्ष विजयकुमार गच्छदारले आफ्नो धारणा राख्दै सरकारबाट बारिने पार्टीको कुनै नीति नरहेको कुरा राखेपछि अन्य नेताहरुले जितेन्द्र देवमाथि खनिएको बैठकमा सहभागि एक नेताले बताए । अध्यक्ष गच्छदारले यो सरकारबाट किन निस्किने, निस्किने कुनै कारण नै छैन, यो सरकार रहुञ्जेलसम्म यही सरकारमा रहने प्रष्ट पारेका थिए । यो ढल्ने वा ढाल्ने कुनै खेल भइरहेका छैन, यो सरकार अझै केही महिना जान्छ तबसम्म यसै सरकारमा बस्ने धारणा उनले राखेका थिए । बैठक आज पनि जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप