मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पूर्व मुमा बडामहारानी रत्न अस्वस्थ्य, नर्भिकमा लगियो

बिहीबार, ०२ असार २०७३, १८ : ३६
बिहीबार, ०२ असार २०७३

काठमाडौं– पूर्व बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्वस्थ्य भएकी छन् । अकास्मात स्वास्थ्यमा समस्या देखिएपछि उनलाई परिवारले नर्भिक पुर्याएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव फणि पाठकले स्वास्थ्यमा समस्या आएपछि उनलाई मध्यान्ह १२ बजे नर्भिकमा लगिएको रातोपाटीलाई जानकारी गराए ।

८८ वर्षीया रत्न नारायणहिटीस्थित महिन्द्र मञ्जिलमा बस्दै आएकी छन् । अहिले नर्भिकमा पुर्वराजा ज्ञानेन्द्र, पूर्वयुवराज्ञी हिमानीलगायत राजपरिवारका सदस्यहरु रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप