मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एयरपोर्टमा एसी खरिद प्रक्रियामा घोटाला : अख्तियारमा पर्‍यो उजुरी

बिहीबार, ०२ असार २०७३, १३ : ०१
बिहीबार, ०२ असार २०७३

काठमाडौं–त्रिभुवन विमानस्थलको अन्तराष्ट्रिय टर्मिनलस्थित वेटिङ रुम लगायतका स्थानका लागि खरिद गर्न भन्दै आह्वान गरिएको टेण्डर प्रक्रियामा गोलमाल गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालय गौचरण काठमाण्डौले २०७२ भदौमा एयर कन्डिसन खरिदका लागी टेण्डर आह्वान गरेको थियो । उक्त टेण्डर प्रक्रियामा प्राविधिक साथै आर्थिक न्युनतम मुल्यमा आएको कम्पनीहरुलाई पन्छाउँदै नागरीक उड्ययन कार्यालयले महंगो मुल्यमा टेण्डर हालेको महाविरश्री ईन्टरनेशनल प्रा.लि लाई छनोट गरेको थियो । उजुरी पत्रमा उल्लेख भए अनुसार महाविरश्रीलाई मिलेमतोमा एयर कन्डिसन खदिर गर्न अनुमती दिइएको र त्यसबापत ठुलो आर्थिक चलखेल भएको दाबी गर्दै यसबारे छानविनका लागि आग्रह गरिएको छ ।

गत मगलबार २९३०६ नम्बरमा दर्ता भएको उजुरीमा उल्लेख भए अनुसार नागरिक उड्ययन कार्यालयले एयर कन्डिसन खरिद गर्न लागेको कम्पनीले नेपालमा हालसम्म एयर कन्डिसनिङ सम्वन्धी काम गरेको छैन ।

एयर कन्डिसनिङ सम्वन्धी जानकारी राख्ने प्राविधिक कर्मचारी नै नभएको माहावीरश्री इन्टरनेशनल प्रा. ली.को महंगो टेण्डर स्विकृत गर्दा गोलमाल गरेको भन्दै त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रवन्धक देवानन्द उपाध्यायसँगै चार कर्मचारीलाई कारवाहीका लागि आग्रह गरिएको छ ।

सबैभन्दा कम मुल्यमा हालेको टेण्डर स्वीकृत गर्ने खरिद प्रक्रिया मिचेर देवानन्द उपाध्याय सहित मेकानिकल शाखा प्रमुख कुलप्रसाद सिंखडा, मेकानिकल शाखाकी प्रभा शर्मा ढकाल तथा खरिद प्रमुख राजेन्द्र पौडेलले आर्थिक लाभ लिएर महंगो मुल्यमा टेण्डर हालेको महाविरश्री ईनटरनेशनलको टेण्डर स्विकृत गरेको दावी गरिएको छ ।

विमानस्थल स्रोतका अनुसार महावीरश्रीका शिवप्रकाश खेम्का, त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका मेकानिकल शाखाका कुलप्रसाद सिम्खडा र प्रभा शर्मा भित्रि रुपमा साझेदारका रुपमा कार्य गरी रहेका छन् । ‘उनीहरुको बाहिर गएको पासपोर्टको छायाप्रति हेर्दा थाहा हुन्छ’ विमानस्थलका एक कर्मचारीले भने, ‘उनीहरु महाविरश्रीका साझेदार हुन्, त्यसैले टेण्डर स्वीकृत गर्दा गोलमाल गरिएको छ ।’

नागरिक उड्ययन कार्यालयले विश्वको उत्कृष्ट ब्राण्डको रुपमा चिनिएको ‘क्यारियर’ र ‘ट्रेन’ जस्ता एयर कन्डिसन कम्पनीको टेण्डर अस्विकृत गरेर महाविरश्रीलाई एयर कन्डिसन खरिदको जिम्मा दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप