मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

धुर्मुस–सुन्तलीलाई एक महिनाको पारिश्रमिक दिने सांसद अधिकारीको घोषणा

बिहीबार, ०२ असार २०७३, १३ : ११
बिहीबार, ०२ असार २०७३

काठमाडौं–युवा सभासद एवं व्यवस्थापिका संसदको विकास समिति सदस्य रबिन्द्र अधिकारीले धुर्मुस सुन्तलीलाई एक महिनाको पारीश्रमीक सहयोग गर्ने घोषणा गरेका छन् । सिन्धुपाल्चोकमा गिरान्चौर एकिकृत बस्ती निर्माणमा जुटेका उनीहरुले उत्कृष्ट काम गरेको भन्दै उनले यस्तो घोषणा गरेका हुन् । भूकम्प पिडित जनताको मुहारमा खुशिल्याउने प्रयास स्वरुप भइरहेको काममा सहयोग गर्नु जनप्रतिनिधिको कर्तव्य रहेको उनको भनाई छ । राम्रो कामको कदर स्वरुपआफुले पाउने एक महिनाको पारीश्रमीक (करीब ५० हजार रुपैँया) छिट्टै नै धुर्मुस सुन्तलीलाई प्रदानगर्ने उनले प्रतिबद्धता जनाएका छन् । देश विदेशबाट सहयोगीहातहरु जुट्दै गर्दा जनताबाट चुनीएको प्रतिनिधिभएको नाताले चुपलागेर बस्न मन सकिएन र यो घोषणा गरेको उनले स्पष्ट गरेका छन् । सभासद् अधिकारीले कुरा भन्दाकाम गरेर देखाउन कटिबद्ध हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले कलाकारको तागतलाई उपयोग गरेर उदाहरणीय काममालागेको भन्दै उनीहरुको प्रशंसा समेत गरेका छन् । धुर्मुस सुन्तलीले गरीरहेको कामले पुनर्निर्माणको कामलाई पनिगतिलिनबाध्य गराउने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप