मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

इन्सु राईको ‘नेपाल सुरक्षित’ डकुमेन्ट्री सार्वजनिक

बिहीबार, ०२ असार २०७३, १३ : १३
बिहीबार, ०२ असार २०७३

काठमाडौं– गायक एवं ट्रेकिङ तथा माऊन्टेन गाइड इन्सु राइको ‘पर्यटनका लागि नेपाल सुरक्षित छ’ भन्ने डकुमेन्ट्री फिल्म सार्वजनिक भएको छ । गत बैशाख १२ को महाभूकम्पपछि खस्किएको नेपाली पर्यटन क्षेत्र सुरक्षित छ भन्ने मूल संदेश डकुमेन्ट्रीमा रहेको जनाइएको छ । राइले भूकम्पपछि गत कार्तिकमा मेरा पिकको ६४७१ मिटर उचाईमा ‘लाईभ साँगीतिक कन्सर्ट’ गरेका थिए । उक्त डकुमेन्ट्री फिल्ममा मेरा पिकमा आरोहण पछि खिचिएका मनोरम दृष्य र पत्ताले डाँडाका नयाँ आकर्षणहरु समावेश गरिएको उनले जानकारी दिए । पत्ताले डाँडा पुग्न राजधानी काठमाडौंबाट कबिर ७ घन्टा लाग्छ । सोलुखुम्बु र ओखलढुंगा जिल्लाको सिमानामा रहेको सुन्दर पत्ताले डाँडाको उचाई ३२०० मिटर छ । त्यहाँबाट सगरमाथा, मकालु ,ल्होत्से लगायतका विभिन्न हिम श्रृखंलाहरुको मनोरम दृश्यहरु अवलोकन गर्न सकिन्छ । पत्ताले डाँडा नयाँ पर्यटकिय क्षेत्र बन्न सक्छ भनि प्रचार– प्रसार गर्नु पनि डकुमेन्ट्रीको उदेश्य रहेको राईले उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप