मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

दाङमा जीप दुर्घटना

बिहीबार, ०२ असार २०७३, १३ : ४८
बिहीबार, ०२ असार २०७३
दाङ–यात्रुबहाक जीप यहाँस्थित पञ्चकुले २ चिसापानीमा पल्टीदा १३ जना घाइते भएको इलाका प्रहरी कार्यालय खिलतपुरले बताएको छ । पश्चिम दाङको ओदालेबाट तुलसीपुरका लागि छुटेको रा१ज ५३६ जीप स्टेरिङ फेल भइ पल्टीदा त्यसमा सवार पञ्चकुलेका ओदीराम रावत, रामकली थापा, नेत्रकला वली , देवी वली, ललीता देवकोटा, लिला डाँगी, जीतबहादुर देवकोटा, वेदबहादुर डाँगी, कल्यान डाँगी, धनकुमारी केसी, त्यसैगरी तुलसीपुर ५ निबासी धनविर पुन, बाँके कपास विकास समितिका कर्मचारी विजय कुमार केसी र सल्यानको थारमारे निबासी सुश्मा नेपाली घाइते भएको प्रहरीले बताएको छ । घाइतेहरुको तुलसीपुरमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप