मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बोल्न नसक्ने महिला बलात्कार गर्ने प्रहरीलाई कारबाही गर्न आग्रह

बिहीबार, ०२ असार २०७३, १४ : १४
बिहीबार, ०२ असार २०७३

काठमाडौं – कपिलबस्तुको शिवराज नगरपालिकास्थित नौडिहवाकी बोल्न नसक्ने एक महिलामाथि भएको सामुहिक बलात्कारमा संलग्न भनिएका शसस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई तत्काल कानुनी कारवाही अगाडी बढाउन राष्ट्रिय मानवअधिकार आयोगले आग्रह गरेको छ । बिहीबार आयोगकी प्रवक्ता मोहना अन्सारीले एक विज्ञप्ती जारी गर्दै घटनाको सम्बन्धमा अनुसन्धान गरी घटनामा संलग्न सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरुलाई कानून बमोजिम तत्काल कारबाही गर्न तथा पीडितको सम्पूर्ण औषधि उपचार निःशुल्क गर्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेकी छिन् । घटनाबारे आयोगको गम्भिर ध्यानाकर्षण भएको भन्दै आयोगले स्थलगत अनुगमन शुरु गरिएको जनाकारी गराएको छ । बहिरा महिलाहरु माथि निरन्तर भइरहेका बलात्कार एवं दुव्र्यवहारका घटनाहरुमा आवश्यक कारबाहीको माग गर्दै राष्ट्रिय बहिरा महासंघ नेपालले आयोगमा बुझाएको ज्ञापन पत्रबाट कानून बमोजिम कारवाहीको माग गरिएको तर्फ पनि आयोग सरोकारवालहरुको ध्यानाकर्षण गराएको छ । आयोगले उक्त घटनाको सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालय, प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा पत्राचार गरेको जनाएको छ । आयोगले प्रेशित गरेको विज्ञप्तीमा भनिएको छ, ‘सो घटनाको सम्बन्धमा प्रभावकारी अनुसन्धान गरी राष्ट्रिय मानव अधिकार आयोगलाई जानकारी गराउन नेपाल प्रहरीलाई निर्देशन गरिएको एवं शसस्त्र प्रहरीलाई आवश्यक सहयोग पु¥याउन सरोकारवालाहरु सबैलाई आयोग आग्रह गर्दछ ।’ घटनामा संलग्न शसस्त्र प्रहरी बलका एक जवानलाई यसअघि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप