मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सिंचाईका लागी खेतको आलिमा रात काट्दै डोल्पाली

बिहीबार, ०२ असार २०७३, १४ : २०
बिहीबार, ०२ असार २०७३
डोल्पा– खडेरीले खोलानाला सुकेपछी डोल्पाको त्रिपुराकोट, गल्ली,रल्ली, बगर लगायतका स्थानियहरु खेतको आलीमा रात विताउन बाध्य भएका छन् । पानीका समस्या दिन प्रतिदिन बड्दै गएपछि सिंचाईका लागी उनिहरु घर छाडेर खेतको आलीमै सुत्न थालेका हुन् । दिनमा पानिको पालो नआउने भएपछी रातमा सिंचाई गर्न खेतमै सुत्नुपर्ने अवस्था सिर्जना भएको त्रिपुराकोटका स्थानिय हरी बिष्टले बताए । उनले भने, ‘सिँचाईका लागी अधिकांश स्थानियहरु खेतवारीमा दिउसो जाने भएकाले पानीका लागि झगडा हुन्छ,राती केहि सहज हुने आसमा एघार बजे पछि खेतमा जान्छौ ।’ यसरी रातारात नसुतेरै पानी लगाउनु डोल्पालीहरुको नियती नै बनेको बिष्टले बताए । त्रिपुराकोट,गल्ली, रल्ली र बगरको खोला खडेरीका कारण सुकेपछी गाउँभरका स्थानियहरुले सिंचाई समस्या झेल्न बाध्य भएका हुन् । पानिकै कारण स्थानियहरु बिच आपसमा झगडा समेत हुने गरेको छ । ‘लामो खडेरीले खोला निकै सानो भएकाले कसको खेतमा सिँचाईगर्ने भन्ने कुरामा दैनिक एक आपसमा झगडा हुन्छ’ त्रिपुराकोटका स्थानिय दिलीप गिरीले भने, ‘असार पहिलो हप्तासम्म पानी नपर्नेहो भने खोला सुकेर स्थानियविच काटमारहुने स्थिती आउनसक्छ ।’ त्रिपुराकोट धान उत्पादनका दृष्टिले उर्वभर भुमि मानिएपनी कतिपय कृषकहरुले वल्लतल्ल रोपाई गरेका छन् भने कत्तिपयको खेतहरु रोपिएको धानको बेर्ना समेत सुक्न थालेका छन् । पहिले भुतको डरमान्ने स्थानिहरु आजका राती ज्युलामा तारा लागेजस्ता टर्चहरु बालेर खेतको मुहानतिर पानी थुन्न जानेगरेको स्थानिय रामप्रसाद उपाध्यायले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप