मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सम्बन्धविच्छेदका मुद्दा बढे

बिहीबार, ०२ असार २०७३, ०६ : २२
बिहीबार, ०२ असार २०७३

इलाम– इलाममा पछिल्लो समयको तुलनामा सम्बन्धविच्छेदका घटना बढ्न थालेका छन् । वैदेशिक रोजगारी, अन्तर्जातीय विवाहलगायतका कारण श्रीमान् र श्रीमतीबीच सम्बन्धविच्छेद बढ्दै गइरहेको हो ।

जिल्ला अदालत इलाममा चालु आवको ११ महिनामा एक सय ३० वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा सोही अवधिमा ६७ वटा मुद्दा फैसला भएका छन् ।

गत आव ०७१÷७२ मा एक सय ४७ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । यस्तै आव ०६९÷७० मा सम्बन्धविच्छेदका ८५ वटा र आव ०६८÷६९ मा ६३ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले बताए । सम्बन्धविच्छेद गर्ने अधिकांशले सम्पत्तिको दाबी पनि रकममै गर्न थालेको र थोरै महिलाले मात्र अंश दाबी गरेर मुद्दाको छिनोफानो हुने गरेको पाइएको छ ।

मुलुकी ऐन १०औँ संशोधन–०५९ ले महिलालाई श्रीमान्सरह मूल अंशियारको व्यवस्था गरेपछि सम्बन्धविच्छेद गर्ने महिलाले अंश दाबी गर्दै आएका हुन् । सम्बन्धविच्छेद गर्नेहरूको अवस्था अध्ययन गर्दा घरेलु हिंसाबाट पीडित महिला सम्बन्धविच्छेदका लागि धेरै आउने गरेका छन् ।

सम्बन्धविच्छेदपछि केही महिला बच्चासहित माइतीमै बस्ने गरेको पाइन्छ भने केही विदेशसमेत जाने गरेको पाइएको छ । प्रायःजसो बच्चा भएका महिलाले अंश दाबी गर्ने र बच्चा नभएका महिलाले रकम नै लैजाने गरेको पाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप