मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नारायणगढ–मुग्लिन सडकखण्डमा चार वटा पुल बनाइँदै

बिहीबार, ०२ असार २०७३, १४ : २६
बिहीबार, ०२ असार २०७३
चितवन- सडक विस्तार भइरहेको नारायणगढ–मुग्लिन सडकखण्डमा चार ठाउँमा नयाँ पुल निर्माण गरिने भएको छ । भरतपुरबाट मुग्लिनसम्मको दूरीमा २१ वटा पुल रहेका छन् । जसमध्ये चार ठाउँमा नयाँ पुल निर्माण गरिने नारायणगढ–मुग्लिन आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिनुभयो । दासढुङ्गा, खानी पुल, मौरी पुल र जलवीरे पुल भएको ठाउँमा नयाँ पुल निर्माण गरिँदै छ । ती स्थानमा रहेका पुराना पुललाई मर्मत सम्भार गरिने र नयाँ पुल निर्माण गरिने खनालले बताए । पुराना पुलमा खाली सवारी साधन र नयाँ पुलमा मालबाहक सवारी साधन सञ्चालन हुनेछ । हाल सञ्चालनमा रहेका पुलहरु छदेखि सात मिटरसम्मका चौडा रहेका छन् । अब बन्ने पुल भने सात मिटरदेखि ११ मिटरसम्म चौडा छन् । कतिपय स्थानमा बाटोको रेखाङ्कनअनुसार सिधा पारिने हुँदा नयाँ पुल अति आवश्यक भएको हो । अन्य १७ वटा पुलको पनि अध्ययन भइसकेको छ । ती पुल निर्माण क्रमशः हुँदै जाने बताइएको छ । सडक चौडा हुँदासमेत पुल साँघुरा र जीर्ण अवस्थामा रहँदा यातायातका साधन सहजै गुडाउन सकिएको थिएन । आँपटारीदेखि मुग्लिनसम्मको सडक चौडा बनाउने काम भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप