मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एसएलसीको नतिजा सार्वजनिक गर्न शिक्षा विभागमा पत्रकार सम्मेलन आह्वान

बिहीबार, ०२ असार २०७३, ०६ : ५५
बिहीबार, ०२ असार २०७३
काठमाडौं– परीक्षा नियन्त्रण कार्यालय सानोठीमि भक्तपुरले आज अपरान्ह ३ बजे एसएलसीको नतिजा सार्वजनिक गर्ने भएको छ । त्यसका लागि अहिले परीक्षा बोर्ड बैठक बसिरहेको छ। बैठक सकिएलगत्तै अपरान्ह ३  बजे शिक्षा विभागमा पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कृष्णप्रसाद काप्रीले जानकारी दिए । ग्रेडिङ प्रणालीमार्फत सार्वजनिक गरिने नतिजामा कोहि विद्यार्थी फेल हुने छैनन् । एसएलसी सुरुवातको ८२ वर्षपछि पहिलो पटक कोही फेल नहुनेगरी परीक्षाको नतिजा सार्वजनिक हुन लागेको हो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार विभिन्न नौ ग्रेडिङमा परीक्षाफल प्रकाशन गरिने छ । कार्यालयका अनुसार ९० देखि १०० प्रतिशत ल्याउने ‘ए प्लस’, ८० देखि ९० प्रतिशत ‘ए’, ७० देखि ८० प्रतिशत ‘बी प्लस’, ६० देखि ७० प्रतिशत ‘बी’, ५० देखि ६० प्रतिशत ‘सी प्लस’,४० देखि ५० प्रतिशत ‘सी’, ३० देखि ४० ‘डी’ प्लस, २० देखि ३० ‘डी’ र १० देखि २० प्रतिशत ल्याउनेलाई ‘इ’ ग्रेडिङमा राखिएको छ । । यद्यपी ग्रेडअनुसार उच्च शिक्षामा अध्ययन गर्ने विषयको निर्धारण हुनेछ भने डी र ई ल्याउनेले भने ११ मा भर्ना हुन पाउने छैनन् । यो वर्षको एसएसली परीक्षामा कूल ६ लाख १५ हजार ५ सय ५३ जना सहभागी छन्। पहिलो लेटर ग्रेडिङ र अन्तिम एसएलसी भएको कारण यो नतिजाप्रति धेरैको चासो रहेको छ । यसैबीच एसएलसीको नतिजा सार्वजनिक भएसँगै रातोपाटीबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ । http://slc.ratopati.com/  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप