मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सरकारसँग वार्ता गर्ने वा नगर्ने भन्ने जिम्मा मोर्चालाई

बिहीबार, ०२ असार २०७३, १६ : ०२
बिहीबार, ०२ असार २०७३

काठमाडौं– संघीय गठबन्धनको बैठकले सरकारसँग वार्ता गर्ने निर्णयको जिम्मा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई दिने निर्णय गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको तेस्रो पत्रको विषयमा छलफल गर्नका लागि बसेको गठबन्धनको बिहिबारको बैठकले उक्त निर्णय गरेको हो ।

[caption id="attachment_47436" align="alignleft" width="840"] File Photo[/caption]

बैठकको निर्णयबारे जानकारी दिँदै राष्ट्रिय मधेस सद्भावना पार्टीका नेता केशव झाले भने, ‘अब मोर्चाको बैठकले सरकारसँग वार्ता गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय गर्नेछ ।’ मोर्चाको बैठक आजै बस्ने उनले जानकारी दिए । आजको बैठकले गठबन्धनको प्रवक्तामा ओम गुरुङलाई चयन गरेको छ । पर्शुराम तामाङ गठबन्धन छाडेर नयाँ शक्ति नेपालमा प्रवेश गरेपछि उनको स्थानमा गुरुङलाई चयन गरिएको हो । गठबन्धनभन्दा मोर्चा बलियो ? प्रधानमन्त्रीले तेस्रो पटक पत्र पठाएपछि गठबन्धनभित्र मतभेद चुलिएको थियो । पत्रपछि गठबन्धन भर्सेस मोर्चाको स्थिति देखिएको थियो । मोर्चाको एक घटक संघीय समाजवादी फोरम नेपालबाहेक सबैले प्रधानमन्त्रीको पत्र सकारात्मक रहेको बताएका थिए । तर, गठबन्धनका संयोजक तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव लगायत गठबन्धनका अन्य पार्टीले प्रधानमन्त्रीले झुक्काएको आरोप लगाउँदै संघीय गठबन्धनको नाममा पत्र पठाए मात्र वार्तामा बस्ने बताएको थियो । प्रधानमन्त्रीले तेस्रो पटक पत्र पठाउँदा पत्रको खाममा गठबन्धनलाई सम्बोधन गरेपनि पत्रमा भने मोर्चाका नेताहरुलाई मात्र सम्बोधन गरेका थिए । यसमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रमुख भूमिका खेलेको मोर्चा स्रोत बताउँछ । उनले प्रधानमन्त्रीलाई फोन गरेर मधेस आन्दोलन गठबन्धन नभएर मोर्चाले गरेको भन्दै पत्र मोर्चाकै नाममा आउनुपर्ने स्पष्ट आडान राखेका थिए । यादव गठबन्धनको संयोजकमा चयन भएपछि गठबन्धन र मोर्चाबीच विवाद चुलिएको थियो । मोर्चाका अन्य नेताले यादव छापामार शैलीमा गठबन्धनको संयोजक बनेको र मोर्चालाई ‘मिनिमाइज’ गर्न खोजेको आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप