मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एसएलसी नतिजा : कति ग्रेड प्वाइन्ट ल्याउनेले के पढ्न पाउने ?

बिहीबार, ०२ असार २०७३, १६ : २२
बिहीबार, ०२ असार २०७३
काठमाडौं– एसएलसीमा ग्रेड प्वाईन्ट दुई ल्याउने विद्यार्थीले मात्र प्लस टुमा राम्रो विषय पढ्न पाउने भएका छन् । उच्च माध्यमिक शिक्षा परिषद्का अनुसार लेटर ग्रेडिङ प्रणाली अन्तर्गत बिहिबार सार्वजनिक भएको एसएलसीको नतिजा (जिपीए) मा दुई ल्याएका विद्यार्थीले मात्र विज्ञान विषय पढ्न पाउने छन् । विज्ञान विषय पढ्नका लागि एसएलसीमा अनिवार्य विज्ञान र गणितमा सी प्लस अंक ल्याउनुपर्छ । सि प्लसको अर्थ ५० देखि ६० प्रतिशत अंक भन्ने हुन्छ । विज्ञान पढ्नका लागि अंग्रेजीमा सी (४० देखी ५० प्रतिशत), सामाजिक र नेपालीमा कम्तीमा डि प्लस (३० देखी ४० प्रतिशत) अंक हाँसिल गर्नुपर्छ । विज्ञान बाहेक ब्यवस्थापन, तथा मानविकी संकाय अध्ययन गर्न कम्तिमा १ दशमलव ६ जिपीए ल्याउनुपर्छ । यसको अर्थ कुल पुर्णाङ्कको ३० देखी ४० प्रतिशत अंक हाँसिल गर्नेले ब्यवस्थापन शिक्षा तथा मानविकी संकाय अध्ययन गर्न पाउँछन् ।ब्यवस्थापन समुह रोज्ने विद्यार्थिले अनिवार्य अंग्रेजिमा डि प्लस ल्याउनुपर्छ । लेटर ग्रेडिङ सिस्टम अनुसार डी प्लस भन्दा कम अंक पाउने विद्यार्थी ११ कक्षामा भर्ना हुन पाउँदैनन् । उनीहरुलाई फेल नभने पनि फेल सरह मानिने छ । कक्षा ११ को प्राविधिकतर्फ अध्ययन गर्न भने कम्तिमा १.६ जिपीए ल्याउनुपर्छ । यसका लागी विज्ञान, गणित र अंग्रेजिमा सि ग्रेड, सामाजिक र नेपालीमा डि प्लस ल्याउनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप