मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पर्यटनले विपद्लाई आत्मासाथ गरेको छ : पर्यटनमन्त्री पोखरेल

बिहीबार, ०२ असार २०७३, १८ : ४९
बिहीबार, ०२ असार २०७३

काठमाडौं – पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपालको पर्यटनमा जोखिम नरहेको बताएका छन् ।

आज राजधानीमा राष्ट्रिय पर्यटन पत्रकार संघले आयोजना गरेको विपद् पर्यटन पत्रकारिता तालिमको समापन गर्दै मन्त्री पोखरेलले भूकम्पले केही भौतिक संरचनाहरुमा क्षति पुगेपनि समग्र रुपमा नेपालको पर्यटन सुरक्षित रहेको बताए । उनले पर्यटनमा रहेका जुनसुकै जोखिमको सामाना गर्न आरोहीहरु तयार रहने गरेको तर्फ इंगित गर्दै पर्यटन आफैँमा जोखिमलाई आत्मसाथ गर्दै अगाडि बढ्ने क्षेत्र भएको उनको भनाई थियो ।

यस्तै राष्ट्रिय पर्यटन पत्रकार संघका अध्यक्ष शिव अधिकारीले पर्यटनमा आइपर्ने विपद्हरुको सही र तथ्यगत सुचना सम्प्रेशण गर्नको लागि तालिम फलदायी हुने विश्वास व्यक्त गरे । सम्पूर्ण पर्यटन पत्रकारहरुले पर्यटन क्षेत्रका विपद्हरुको सामना गर्न एकजुट हुनुपर्नेमा अधिकारीको जोड थियो ।

एमाले पर्यटन विभाग प्रमुख सुर्य थापाले पर्यटन क्षेत्रलाई अस्तव्यस्त बनाउनका लागि केही भाइरस मनोवृतिका व्यक्तिहरु सक्रिय रहेको भन्दै त्यस्ता व्यक्तिहरुबाट पर्यटन क्षेत्रलाई जोगाउनु गम्भिर चुनौति भएको बताए ।

कार्यक्रममा गृह मन्त्रालय विपद् व्यवस्थापन महाशाखाका प्रमुख रामेश्वर दंगाल, रेडियो नेपालका समाचार सम्पादक हरिशरण लामिछाने, पर्वतिय पर्यटन विद् आङछिरिङ शेर्पा र न्यूज २४ टेलिभिजनका समाचार सम्पादक प्रेम वाँनियाले विपद्मा गरिने पत्रकारिताका सम्बन्धमा प्रशिक्षण दिएका थिए ।

उक्त कार्यक्रममा नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटा, बरिष्ठ पर्यटन व्यावसायी तथा समाजसेवी मोहन लम्साल, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलिया लगायतले विपद प्रशिक्षणको आयोजना गरेकोमा (नाटोज) लाई धन्यवाद दिएका थिए । प्रशिक्षण कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत पर्यटन पत्रकारका साथै अन्य विभिन्न क्षेत्रका ५३ जना सहभागि भएको आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप