मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मनोरञ्जनात्मक रेस्लिङ शनिबार

शुक्रबार, ०३ असार २०७३, १४ : ०१
शुक्रबार, ०३ असार २०७३
काठमाडौँ - हिमालयन टाइगर प्रोफेस्नल रेस्लिङ एसोसिएसनले यही असार ४ गते मनोरञ्जनात्मक रेस्लिङ कार्यक्रम गर्ने भएको छ । नेपालमा रेस्लिङ खेललाई व्यावसायिक रुपमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ कालीमाटीको तरकारी तथा फलफूल बजारभित्र हुन लागेको हो । एसोसिएसनका अध्यक्ष भरतबहादुर विसुरालले नेपालमा रेस्लिङको राम्रो सम्भावना भए पनि खेलाडी उत्पादन हुन नसकेकामा चिन्ता व्यक्त गर्दै यस खेलको विकासका लागि उक्त कार्यक्रम गर्न लागिएको जानकारी दिए । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति, व्यवसायी तथा कालीमाटी तरकारी बजार युवा क्लबको सहयोगमा शनिबार साँझ ४ बजे हुने उक्त कार्यक्रममा नौ जना नेपाली खेलाडी प्रतिस्पर्धामा सहभागी हुनेछन् । एसोसिएसनका अध्यक्ष विसुराल अन्तर्राष्ट्रिय तहका रेस्लर हुन् । उनले २०६० सालदेखि स्वदेश तथा विदेशमा प्रशिक्षणसमेत दिँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप