मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भक्तपुरमा लागूपदार्थको मौलाउँदो कारोबार : १७ वर्षे किशोरदेखि ६० वर्षकी वद्धासम्म

शुक्रबार, ०३ असार २०७३, १४ : ०६
शुक्रबार, ०३ असार २०७३

भक्तपुर – गत माघ १२ गते अनन्तलिङ्गेश्वर नगरपालिका वडा नं.१५ गुण्डु की ६० वर्षकी मन्जु के.सीलाई महानगरीय प्रहरी परिसर भक्तपुरको विषेश टोलीले गाँजासहित पक्राउ ग¥यो ।

प्रहरीले मन्जुको साथबाट २ किलो १ सय ५० ग्राम गाजाँ बरामद गरेको थियो । प्रहरीले उनलाई आवश्यक कारवाहिको लागि भक्तपुर जिल्ला अदालतको प्रमाणसहित पेश ग¥यो । अदालतले गत फागुन १२ गतेको आदेशले २० हजार रुपैयाँ धरौटी तिरेर उनी थुना मुक्त भइन् ।

गत साउन ४ गते भक्तपुर प्रहरीको विषेश टोलीले भक्तपुर नगरपालीका ४ कमलविनायबाट चाँगुनायण ६ डेरा गरी बस्ने सप्तरी नकटीराईपुर–१ का १७ वर्षका सुनिल खङ्ग, सोही जिल्लाकै १७ वर्षका श्याम कुमार मण्डल र उनीहरुका साथीहरुलाई पक्राउ ग¥यो ।

प्रहरीले उनीहरुको साथबाट फेनारगन, लुपिजेसिक र डाईजेल्याब नामका लागू पदार्थ समेत बरामद गरेको थियो । गत असोज १ गतेको भक्तपुर जिल्ला अदालतको आदेशले सुनिल र श्याम कुमार पुर्पक्षको लागि थुनामा गएका छन् ।

यि त प्रतनिधी पात्र मात्र हुन् यस्ता धेरै व्यक्ति कोही जानी जानी, कोहीले क्षणिक रमाइलोको लागि साथी संगतले त कोही थोरै पैसाको लोभमा परेर पनि गाँजादेखि अन्य विभिन्न प्रकारका लागुऔषधको कारोबारमा लाग्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

धेरै जसो युवायुवतीहरुले स्कुल जीवनदेखि नै धुम्रपानको सेवनसंगै संगतले गाजाँको सेवन गर्दै घातक लागुपर्दाथको सेवन गर्ने गरेको प्रहरीले जानकारी दिएको छ । विभिन्न समयमा पक्राउ परेका व्यक्तिबाट ६० ग्राम देखि फेनारगन, लुपिजेसिक, डाईजेल्याब लगायतका लागूपदार्थ ३/४ सय थान सम्म फेला पारेको महानगरीय प्रहरी परीसर भक्तपुरका प्रवक्ता डिएसपी शेखर खनालले जानकारी दिएका छन् ।

महानगरीय प्रहरी परीसर भक्तपुरले आर्थिक वर्ष २०७०/०७१ मा १ महिला र १२ जना पुरुषलाई विभिन्न प्रकारका लागूपदार्थ सहित प्रक्राउ गरेको थियो ।

आर्थिक वर्ष २०७१/०७२मा १ महिला र १८ जना पुरुषलाई लागूपदार्थ सहित प्रक्राउ गरेको थियो । उक्त वर्ष लागू पर्दाथ सहित पक्राउ पर्नेमा ६२ वर्षका १/१ जना वृद्ध र वद्धा समेत रहेको प्रहरीले जानकारी दिएको छ ।

यस आर्थिक वर्षको हाल सम्ममा २ जना महिला र १४ जना पुरुषलाई प्रहरीले विभिन्न प्रकारका लागूपदार्थसहित प्रकाउ गरेको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप