मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ब्रेकअपपछि पनि हिट चलचित्र दिने जोडी

शुक्रबार, ०३ असार २०७३, १४ : १९
शुक्रबार, ०३ असार २०७३

मुम्बई – उड्ता पन्जाव भर्खरै रिलिज भएको छ । यो चलचित्रमा पूर्व प्रेमि प्रेमिका करिना कपूर र साहिद कपूरले अभिनय गरेका छन् । उनीहरु सन् २००७ सम्म प्रेम सम्बन्धमा थिए । तर ब्रेकअपपछि उनीहरुले कुनै फिल्म खेलेनन् । यसपटक भने उनीहरु एउटै चलचित्रमा देखिएका छन् । यसअघि उनीहरु एकसाथ चलचित्रमा काम गर्न मान्दैन थिए । खासमा पूर्वप्रेमीहरु एकसाथ चलचित्रमा देखिदाँ समर्थकहरुलाई पनि चलचित्र हेर्ने रहर हुन्छ र यस्तै घटनाका कारण चलचित्र हिट भएका उदाहरण थुप्रै छन् । दिपिका पादुकोण र रणवीर कपूर

दिपिका र रणवीर कपूर तीन वर्षसम्म प्रेम सम्बन्धमा थिए । उनीहरु एक अर्कालाई पागल जसरी मनपाउँथे । प्रेम सम्बन्धमा छदाँ उनीहरुले एउटै मात्र चलचित्रमा एकसाथ काम गरे । उनीहरु दुबैले खेलेको बचना ए हसिनो नाम चलचित्र हिट पनि भयो । सम्बन्ध विच्छेदपछि उनीहरुले ये जवानी है दिवानी नाम चलचित्रमा एकसाथ काम गरे । अहिले उनीहरुको सम्बन्ध साथिमै सिमित छ ।

सलमान खान र कट्रिना कैफ

सलमान र कैट्ररिनाले प्रेम सम्बन्धमा छदाँ मेने प्यार किया चलचित्रमा अभिनय गरेका थिए । त्यसपछि उनीहरुले एक था टाइगर चलचित्रमा पनि काम गरे । रिलिजको समयमा यो चलचित्र बलिउडमा सबैभन्दा धेरै आम्दानी गर्ने चलचित्र बन्यो । अहिले भने यो किर्तिमान तोडिएको छ ।

रणवीर सिंह र अनुस्का शर्मा रणवीर र अनुस्काले एकै समय बलिउडमा डेब्यु गरेका हुन् । रणवीरले यसराज फिल्मस्को बन्द बाजा बारातमा अनुस्कासँगै अभिनय गरेका थिए । यही चलचित्रमा काम गर्दा उनीहरुको सम्बन्ध नजिकियो र उनीहरुले लेडिज भर्सेज रिकी चलचित्रमा पनि काम गरे । उनीहरुको दोस्रो चलचित्र सफल भयो । गत वर्ष उनीहरुले फेरि एकसाथ जोया अख्तरको दिल धडक्ने दो चलचित्रमा काम गरे । यतिबेलासम्म भने रणवीर र अनुस्काको सम्बन्ध टुटिसकेको थियो । अहिले रणवीर दिपिकासँग तथा अनुस्का क्रिकेटर विराट कोहलीसँगको प्रेममा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप