मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एस.एल.सी नतिजा नबुझेर डोल्पाली बिद्यार्थी अन्यौलमा

शुक्रबार, ०३ असार २०७३, १४ : ३९
शुक्रबार, ०३ असार २०७३

दुनै – गत बर्षको एस.एल.सी देखि लागु गरिएको अक्षराङ्कन मुल्याङ्कन प्रणालीले डोल्पाली बिद्यार्थीलाई नतिजा बुझन् समस्या भएको छ ।

नतिजा हेर्न जानेतापनि प्राप्त गरेको अङ्कका आधारमा आफ्नो स्तर निर्धारणगर्न नजान्दा समस्या भएको त्रिपुराकोट मावि त्रिपुराकोटमा अध्ययनगर्ने बिद्यार्थी करुणा हमालले बताइन् ।

जी.पी.ए भनेको के हो कति अङ्क ल्याए कुन ग्रेड, माथिल्लो ग्रेड ल्याउन पुन: परीक्षा दिन पाईने नपाईने,कति ल्याए कक्षा ११ मा भर्ना लिने तथा कति ल्याएपछि कुन कुन बिषय पढ्न पाउने भन्ने बिषयमा अधिकांश डोल्पाली बिद्यार्थीहरुलाई अन्योल भएको उनले बताए । यस सम्बन्धि ज्ञान नहुँदा आफुलाई पनि नतिजाहेर्न समस्या भयो उनले भने ।

फोन सेवाको सुविधा नभएका गाँउहरुका बिद्यार्थीहरुलाई नतिजा हेर्न झनै समस्या भएको छ ।

यसले गर्दा नतिजा प्रकाशन भएको एकहप्ता सम्मपनि जानकारी नहुने बिद्यार्थीहरुको भनाई छ ।

इन्टरनेटको पँहुच भएका जिल्लाहरुमा बिभिन्न सञ्चारमाध्यामहरु मार्फत जानकारी पाईने भएतापनि यस जिल्लामा इन्टरनेटको राम्रो पँहुच नभएकाले धेरैजसो बिद्यार्थी लेटर ग्रेडिङ सम्बन्धि अनबिज्ञ भएको स्थानिय टिका दत्त न्यौपानेले बताए ।

उनका अनुसार परीक्षा अगाडिनै यस सम्बन्धि बिभिन्न बिद्यालयहरुमा अन्र्तक्रिया, छलफल गरेको भए यस्तो समस्या नआउने समेत न्यौपानेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप