मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकाले नेपाली बिर्साए पनि एसलसीमा ८० प्रतिशत

शुक्रबार, ०३ असार २०७३, १५ : ११
शुक्रबार, ०३ असार २०७३

गुल्मी–अर्जै–३ का रमन अर्याल पिता नगेन्द्र अर्याल र माता विन्दु अर्यालसँग अमेरिका उड्दा ९ वर्षका थिए । कक्षा ४ पढ्दै थिए, त्यसबेला उनले । त्यहीँ बेला उनका पिता पिएचडी गर्न अमेरिका गएका हुन् । पितासँगै अमेरिका पुगेर त्यहाँको विद्यालयमा भर्ना भएपछि रमनले नेपाली भाषामाथि ध्यान दिन परेन । त्यहीँ कारण रमनले नेपाली भाषा बिर्सिन लागिसकेका सकेका थिए । ७ वर्ष अमेरिका बसेपछि रमनका पिता स्वदेश फर्किदा डाक्टर उपाधि लिएर आएका थिए । रमनलाई चाहिँ स्कुल भर्ना गर्न निकै मुस्किल प¥यो, उनका पितालाई, त्यो पनि नेपाली भाषाकै कारण । रमनका पिता भन्छन्, ‘धेरै स्कुलले भर्ना गर्न मानेनन् । पछि रामेश्वर अर्याल भन्ने साथीकहाँ गएर उहाँको काठमाडौस्थित केएमसी स्कुलमा भर्ना गरी दिन आग्रह गरेको हुँ ।’ रमनका बाबुका अनुसार अमेरिकामा कक्षा ४ देखि ९ सम्म पढेको रमन यहाँ आएर कक्षा ९ मा पढ्दा नेपाली विषयमा अंक २५ ल्याएर फेल भएका थिए । त्यसबेला रमनका बुवा चिन्तित थिए । उनले भने, ‘एसएलसीमा मलाई चिन्ता त्यसैमा थियो । तर, छोराले यसपाली एसएलसीमा सोही विषयमा ८० प्रतिशत ल्याएर पास हुँदा सवै भन्दा बढि खुशी लागेको छ ।’ काठमाण्डौको हिमालय कलेजमा अध्यापन गराउने डाक्टर अर्यालले केएमसी मै कक्षा ९ मा पढ्दै गरेकी छोरी रक्षाका लागि नेपाली विषय झन ठुलो समस्या देख्दै आएको भए पनि अव छोराले त्यो चिन्ता मेटाई दिएको बताए । नेपाल आएपछि रमनले नेपाली भाषामा फेरि सुधार गरे । केहि महिना अघि कर तथा राजस्व संकलन विभागले कर दिवसका अवसरमा आयोजना गरेको राष्ट्रव्यापी निवन्ध प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेर वावु आमालाई चकित पारेका थिए ।उनले उक्त प्रथम पुरस्कार वापत २५ हजार नगद अर्थन्त्री विष्णु पौड्यालको हातबाट पाएका थिए ।

छोरी रक्षाले पनि खेलकुद लगायतका विभिन्न प्रतियोगितमा उत्कृष्ट भएर मेडल र प्रमाण पत्र प्राप्त गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप